कपिलवस्तुमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका–९, गव्दहवामा सिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

शनिबार बुद्ध यशोधरा सामुदायिक वन क्षेत्रमा सिकार खेल्ने क्रममा सवारी साधनको आवाज आएपछि लुक्न खोजेका चार जनामध्ये रामबहादुर थारुले बोकेको राइफल अचानक पड्किँदा समुन्द्र गाहा मगरलाई गोली लागेको थियो।

घाइते मगरलाई तत्कालै उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रामबहादुर थारु, कालु भनिने राम थारु र प्रवेश थारुलाई पक्राउ गरेको छ। मगरको परिवारले बाख्रा चराउन गएका बेला अज्ञात व्यक्तिबाट गोली चलाएको आशंका गर्दै जानकारी दिएपछि इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेले अनुसन्धान सुरु गरेको थियो।

इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सिकार खेल्ने क्रममा गोली चलेको तथ्य फेला पारेको हो। प्रहरीले उनीहरूबाट दुई नाल बन्दुकसमेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 674 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी