काठमाडौं । यही १९ वैशाखबाट रिलिज हुने नेपाली चलचित्र झिल्कोको सन्देश मूलक पोस्टर सार्वजनिक गरिएको छ । वबालबालिकालाई मोबाइलबाट अलग राख्नु पर्ने सन्देशसहित यसको पोस्टर सार्वजनिक गरिएको हो ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।
यो चलचित्रको विषय’bout यसका निर्देशक यादव प्रसाद भट्टराईले राजधानीसँग भने,‘आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ भन्ने सन्देश हामीले यो चलचित्रबाट दिन खोजेका छौँ ।’
प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश आफूहरूले दिन खोजेको पनि यादवले जानकारी गराए ।
यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र झोला निर्देशन गरेका यादवले यो चलचित्रले डिजिटल विकृति’bout दर्शकलाई सशक्त सन्देश दिने विश्वास लिएको बताए ।
सार्वजनिक गरिएको यसको पोस्टरमा स्कुले पोसाकमा एक बालिकालाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ, भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देखिएको छ । यसले चलचित्रको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई अंकित गरेको छ ।
चलचित्रको छायांकार दीपक बज्राचार्य, सम्पादक निमेष श्रेष्ठ, रंग तथा ध्वानी मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइनर उत्तम न्यौपाने हुन् । झिल्कोको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, राम गोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।






