नयाँ युगको थालनी गर्ने, अन्तर्राष्ट्रिय प्रसिद्धि प्राप्त गर्ने तथा प्रेरणादायी कार्यले विश्व मानवलाई नै मार्गदर्शन गराउने व्यक्ति युगान्तकारी हुन्छ । मानिस कोही पनि अजम्मरी हुँदैन । ढिलो वा चाँडो हामी सबैले मृत्युवरण गर्नैपर्छ । तर, भौतिक शरीर नाश भए पनि युगान्तकारी व्यक्ति सधैं अमर रहन्छ । परिवर्तनको अनुभूति दिलाउने युगान्तकारी व्यक्तिको संख्या विश्वमा ३ सयभन्दा बढी नै छ । त्यसमध्ये कसैले वैज्ञानिक क्षेत्रमा, कसैले खोज अनुसन्धानको क्षेत्रमा, कसैले राजनीतिक क्षेत्रमा, कतिले सामाजिक क्षेत्रमा, कतिले आर्थिक र कतिले धार्मिक क्षेत्रमा चमत्कारी कार्य गरेर विश्व मानवलाई नै प्रेरणा दिएका छन् । त्यसमध्येकै केहीको योगदान र परिचयलाई आलेखले चर्चाको विषय बनाएको छ ।
१. गौतम बुद्ध
नेपालको कपिलवस्तुका शाक्यवंशी राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट इपू ५६३ मा गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । बुद्ध जन्मिएको सातै दिनमा आमा मायादेवीको निधन भएकाले सौतेनी आमा महाप्रजापतिले बुद्धलाई हुर्काइन् । उनको बाल्यकाल सुखद थियो । उमेर बढ्दै गएपछि बुद्धले रोगीको कष्टकर जीवन, वृद्धावस्थाको समस्या, मृतक लाश र भिखारीलाई देखेर प्रभावित बनेका थिए । मानिसको त्यस्तो अवस्था कसरी हुन्छ ? भन्ने कौतूहलले बुद्ध विरक्तिए । छोराको विरक्त अवस्थामा परिवर्तन ल्याउन बुबा शुद्धोधनले छिमेकी राज्य कोलियकी कन्या यशोधरासँग बुद्धको विवाह गरिदिए । तथापि उनको मानसिकतामा कुनै परिवर्तन आएन ।
बुद्धले छोरा राहुल जन्मेकै दिन २९ वर्षको उमेरमा मध्यरात ज्ञानको खोजीमा दरबार छोडेर हिँडे । बोधगया र कुशीनगरको बोधीवृक्षको फेदमा ६ वर्ष कठोर तपस्या गर्दा ३५ वर्षको उमेरमा बुद्धले ज्ञान प्राप्त गरे । प्राप्त ज्ञान बनारसको सारनाथ पुगी बाँड्न थालेपछि बुद्धका अनुयायी बढ्दै गए । त्यसै समयमा बुद्धले वर्णव्यवस्था र जातीय विभेद हटाउने क्रान्तिकारी कार्यको प्रारम्भ गरे । ४५ वर्षसम्म भारतको विभिन्न स्थानमा पुगेर उपदेश दिए । जो जन्मन्छ त्यो मर्छ भन्ने बुद्धको उपदेशको सार थियो । बुद्धका उपदेशहरू नै क्रमशः पछि बुद्ध धर्ममा परिणत भए । यसैले उनी शान्तिका अग्रदूत, एसियाका ताराको रूपमा विश्वमै परिचित भए । गौतम बुद्धको ८० वर्षको उमेरमा भारतकै कुशीनगरामा इपू ४८३ मा स्वर्गारोहण भएको थियो ।
२. कन्फुसियस
कन्फुसियस विश्वप्रख्यात चिनियाँ दार्शनिक एवं शिक्षक थिए । उनको राजनीतिक सिद्धान्त कन्फुन्जिमको नामबाट अहिले पनि विश्व प्रसिद्ध छ । कन्फुसियसको जन्म इपू ५५१ तिर चीनमा भएको थियो । १५ वर्षको उमरदेखि नै कन्फुसियसले अध्यापन पेसा अपनाएका थिए । अध्ययनले नै उनलाई दर्शनशास्त्रको उचाइमा पु¥यायो । तत्कालीन सुपरिचित विद्वान् भएकाले धेरे अभिभावकले पठनपाठनका निम्ति सन्तान कन्फुसियसको जिम्मा दिन्थे । उनी पहिलो चिनियाँ प्राइभेट शिक्षकको रूपमा चर्चित भए । प्रशासनिक सुधारका निम्ति प्रशासकको नैतिक आचरण र जवाफदेहिता अपरिहार्य हुनुपर्छ भन्ने कन्फुसियसद्वारा प्रतिपादित सिद्धान्तले अहिलेसम्म पनि विश्व राजनेतालाई अभिप्रेरित गरिरहेको छ । कन्फुसियस दर्शनशास्त्रकै विश्वचर्चित युगान्तकारी शिक्षक मानिन्छन् । उनको मृत्यु इपू ४७९ मा चीनमा भएको थियो ।
३. सोक्रेटस वा शुकरात
सोक्रेटस वा शुकरात एकै व्यक्ति दुई नाम हुन् । सोक्रेटसको जन्म इपू ४६९ मा ग्रिकमा भएको थियो । उनी विश्वप्रसिद्ध दार्शनिक थिए । सोक्रेटसको दर्शनलाई उनकै शिष्यहरू क्रमशः जोनेफेन, प्लेटो र इरिस्टोटलले संगृहित गरिदिएका थिए । सोक्रेटस अहिले पनि सत्यवादी दार्शनिकको रूपमा विश्व परिचित छन् । उनले एथेन्स आसपासको क्षेत्रमा घुमेर सुन्दरता के हो ? ज्ञान के हो ? र गर्नलायक सत्य कुरा के हो ? भन्ने प्रश्नको सर्वसाधारणबाटै जवाफ लिन्थे । यस्तो प्रश्नले कतिपयले उनको खिल्ली पनि उडाए । यिनै सत्यवादी दार्शनिकउपर एथेन्सवासीले जातीय देवता नमानी नास्तिक बनेको र नवयुवकहरूलाई पथभ्रष्ट बनाएको आरोप नै लगाए, यही आरोपमा उनलाई मृत्युदण्ड दिने निर्णय भयो । मृत्युका ’boutमा सोक्रेटसले भनेका थिए, ‘मृत्यु मानव जीवनको अनिवार्य नियति भएकाले मृत्युसँग केको डर ।’ लगत्तै उनलाई विषको प्याला दिइयो । प्याला लिँदै ‘परलोकको मेरो यात्रा शुभहोस्’ भन्दै सोक्रेटसले विष पिए । केही बेरमै उनी प्राणविहीन बने । यसरी इपू ३९९ मा विश्वकै एक सत्यवादी दार्शनिक सोक्रेटस वा शुकरातको जीवन समाप्त भए पनि दर्शनले उनलाई अमरत्व प्रदान गरिरहेको छ ।
४. कौटिल्य
कौटिल्यको जन्म इपू ४०० तिर भारतको मगध राज्यको एक गरिब ब्राह्मण परिवारमा भएको थियो । उनका पिताको नाम चरण भएकाले उनलाई चाणक्य र विष्णु गुप्त पनि भन्रिन्थ्यो । कौटिल्य आजीवन ब्रह्मचारी रहे । राजाभन्दा ब्राह्मण ठूलो भन्ने उनको दृष्टिकोण राजा मगधका निम्ति सह्य नभएपछि उनलाई राजाले मन पराउन छोडे । एक दिन मगध राज्यको राजधानी पाटलीपुत्रमा मगध सम्राट् ‘महापदमानन्दक’कै उपस्थितिमा विशाल सभाको आयोजना भएको थियो । समारोहमा सम्राट् आउँदा सबैले उठेर अभिनन्दन गरे तर कौटिल्य नउठेकाले सम्राट्ले उनको टुप्पी तानेर कार्यक्रमस्थलमै लडाइँदिए । त्यही सभामा नन्दवंशको राजखलक समाप्त पार्ने प्रण गर्दै कौटिल्य मगध राज्य छोडेर तक्षशिला गएर बसोबास गर्न थाले ।
मानिस कोही पनि अजम्मरी हुँदैन । ढिलो वा चाँडो हामी सबैले मृत्युवरण गर्नैपर्छ । तर, भौतिक शरीर नाश भए पनि युगान्तकारी व्यक्ति सधैं अमर रहन्छ । परिवर्तनको अनुभूति दिलाउने युगान्तकारी व्यक्तिको संख्या विश्वमा ३ सयभन्दा बढी नै छ । त्यसमध्ये कसैले वैज्ञानिक क्षेत्रमा, कसैले खोज अनुसन्धानको क्षेत्रमा, कसैले राजनीतिक क्षेत्रमा, कतिले सामाजिक क्षेत्रमा, कतिले आर्थिक र कतिले धार्मिक क्षेत्रमा चमत्कारी कार्य गरेर विश्व मानवलाई नै प्रेरणा दिएका छन्
तक्षशिलामा कौटिल्य प्राचार्य बने । त्यसैबेला मगध राजाले आफ्नै सेनापतिको हत्या गराएपछि, सेनापतिका छोरा चन्द्रगुप्त पनि मगध राज्य छोडेर तद्याशिला पुगे । कौटिल्य र चन्द्रगुप्तको घनिष्ठता बढ्दै गयो । केही समयमै कौटिल्यले आफ्नो कुटिल नीतिको प्रयोग गर्दै मगधको क्रूर नन्दवंशी राजाको शासन समाप्त गरी चन्द्रगुप्तलाई मगधको सम्राट् बनाउन सफल भए । त्यसपछि भारतको मगध राज्यका राजा चन्द्रगुप्त र प्रधानमन्त्री कौटिल्य बनी राज्य सञ्चालन गरे । प्रधानमन्त्री भएकै बेला कौटिल्यले राज्य सञ्चालनका निम्ति ‘अर्थशास्त्र’ रचना गरे । कौटिल्य महान् राजनीतिज्ञ र विचारक थिए । शत्रुदमन गर्ने कुटिल नीतिमा पोख्त भएकैले उनलाई कौटिल्य भनिएको थियो । अहिलेको विश्वचर्चित अर्थशास्त्र कौटिल्यले इपू ३५० तिर रचना गरेका थिए । सो अर्थशास्त्रका चार विद्या दर्शन र तर्क, धर्म र वेदको ज्ञान, कृषि व्यापार तथा दण्डनीति अहिले पनि अनुकरणीय छन् । उनको दण्डनीतिलाई चाणक्य नीति पनि भनिन्छ । यिनै युगान्तकारी व्यक्तिले इपू ३२० तिर प्राण त्यागेको थिए ।
५. प्लेटो
प्लेटो प्रसिद्ध ग्रिक गणितज्ञ र दार्शनिक थिए । उनलाई आधुनिक विज्ञान र दर्शनको प्रवर्तक मानिन्छ । प्लेटोको जन्म इपू ४२८ मा एथेन्सको एक सम्पन्न परिवारमा भएको थियो । प्लेटोले युनानमा विश्वकै पहिलो ‘कारुइन विश्वविद्यालय’ स्थापना गरेका थिए । दार्शनिकले मुलुक सञ्चालन गरे समाज स्वच्छ, शान्त, स्थिर र विकसित हुन्छ भन्ने प्लेटोको मान्यता थियो । प्लेटोले रचना गरेका ३७ पुस्तकमध्ये ‘रिपब्लिकन’ सबैभन्दा चर्चित मानिएको छ । यस पुस्तकमा राजनीति, नीतिशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, कला, शिक्षा र दर्शन विद्यासमेत समावेश छन् । विश्वप्रसिद्ध दार्शनिक सोक्रेटसकै चेला, प्लेटो आदर्श राज्यको कल्पनाकार र सुधारक मानिन्छन् । यिनै धुरन्धर विद्वान् दार्शनिक प्लेटोको भौतिक शरीर इपू ३४७ मा यस संसारबाट लोप भए पनि उनको दर्शनले अमरत्व प्रदान गराएको छ । विश्वले नै यसको अनुसरण गरिरहेको छ ।
६. एरिस्टोटल
प्राचीन ग्रिकका विश्व प्रख्यात दार्शनिक एवं वैज्ञानिक एरिस्टोटलको जन्म इपू ३८४ मा ग्रीसमा भएको थियो । उनी क्रिस्चियन एवं इस्लामिक दर्शनशास्त्रका प्रवर्तक थिए । युरोपमा पुनर्जागरण आएलगत्तै वा सन् १६०० पछि अवलम्बन हुँदै आएको एरिस्टोटलको क्रिस्चियन एवं स्लाभिक दर्शन यद्यपि विश्वमै प्रयोग भइरहेको छ । एरिस्टोटलको विद्वताको क्षेत्र अत्यन्त गहन थियो विज्ञान र कला उनका रुचिका विषय थिए । उनको कलम जीवनभर निरन्तर चल्यो । उनले यस क्रममा जीव विज्ञान, वनस्पति विज्ञान, रसायनशास्त्र, नीतिशास्त्र, इतिहास, तर्कशास्त्र, अध्यात्म विद्या, अलंकार विद्या, बौद्धिक शास्त्र, विज्ञानशास्त्रलगायतका अन्य धेरै दर्शन अहिलेका पुस्तालाई छोडिदिएका छन् । यिनै विश्वप्रख्यात दार्शनिकको ६२ वर्षकै उमेरमा इपू ३२२ मा स्वर्गाराहेरण भए पनि, विश्वकै विद्वत् व्यक्तिको बीच उनका युगान्तकारी विचारले एरिस्टोटललाई अमरत्व प्रादन गराउँदै आएको छ ।
७. जुलियर्स सिजर्स
जुलियर्स सिजर्सको जन्म इपू १०० तिर रोममा भएको थियो । उनी रोमन जनरल प्रवक्ता र लेखक थिए । उनी कुलीन परिवारमा जन्मिएका थिए । १६ वर्षकै उमेरमा बुबाको मृत्यु भएपछि जुलियर्स सिजर्सले परिवार सञ्चालनको दायित्व लिनुप¥यो । २० वर्षको उमेरमा सिजर्स रोमन आर्मीमा भर्ना भए । इपू ५४÷५५ मा इंल्यान्डसँग भएको युद्धमा सहभागी हुने पहिलो रोमन सैनिक जुलियर्स सिजर्स नै थिए । इपू ४६ मा रोममा कार्यरत रहँदा सिजर्स सैनिक हिरो नै बने । यसपछि उनको पदोन्नति पनि चाँडो चाँडो हुँदै गयो ।
जुलियर्स सिजरले अनेकौं नयाँ भवन र मठमन्दिर निर्माण गरेर रोम सहरको स्वरूपै कोरिदिए आकर्षक बनाए । क्रमशः उनी युरोपकै शक्तिशाली व्यक्ति बनेपछि रोमन सिनेटले सिजर्सलाई आफ्नो प्रवक्ता बनायो । सिजर्सको लोकप्रिय कार्य देख्न नसक्ने विरोधीहरूले अन्ततः ५६ वर्षको उमेरमै इपू ४४ को १५ मार्चमा जुलियर्स सिजर्सको हत्या गरे । तथापि सिजर्स अहिले पनि विश्वमा उत्तिकै चर्चित छन् । उनका साहित्यिक कृतिहरू अहिले पनि विश्व साहित्यकारकै प्रेरणाको स्रोत बन्दै आएका छन् ।
८. जिसस क्राइस्ट
क्राइस्टको जन्म इपू ७० तिर पिता जोसेफ र माता मेरीको कोखबाट जेरुसेलमको बेथलेहममा भएको थियो । उनी काठको काम गर्ने विपन्न परिवारमा जन्मेका थिए । उमेर बढ्दै गएपछि क्राइस्टले रोगीको सेवा गरेको देखेर उनलाई मानिस भगवान्को पुत्र ठान्थे । क्राइस्टले मानिसलाई प्रेम गर्न र माफ दिन सिकाए । यही सन्देश लिएर यत्रतत्र पुगी जनचेतना पनि जगाए । विश्वका करिब ८० करोडभन्दा बढी इसाई धर्मावलम्बीको धर्मप्रवर्तक जिसस क्राइस्ट नै थिए । उनका उपदेशहरू पवित्र ग्रन्थ बाइबलमा संगृहित छन् । क्राइस्टले प्रवर्धन गरेको धर्म र सेवा त्यसबेलाको सिद्धान्तअनुकूल नभएको भनी पछि क्राइस्टको विरोध हुँदै गयो । त्यही कसुरमा रोमन सैनिकहरूले जेरुसेलम नजिकको गोलगोथा पहाडमा भुइँमा गाडेको काठको क्रसमा झ्न्ड्याएर हात खुट्टामा किला ठोकी क्राइस्टलाई मारे । त्यसबेला क्राइस्टको मुखबाट निस्केको अन्तिम शब्द थियो ‘प्रभु तिनीहरूलाई माफ गर’ किनकि तिनीहरूलाई केही थाहा छैन कि तिनीहिरू के गरिरहेका छन् । यसलगत्तै सन् १ प्रारम्भ हुनुपहिले नै क्राइस्टको मृत्यु भयो । उनको सम्झनामा सन् संवत् प्रचलनमा ल्याइयो, जुन अहिले २०२५ भइसकेको छ ।
९. जोहनेस गुटिनवर्ग
जोहनेस गुटिनवर्गको जन्म सन् १३९८ मा जर्मनीको मेन्ज नामक स्थानमा एक लोहार परिवारमा भएको थियो । ४१ वर्षको उमेरमा सन् १४३९ मा छाप्ने मेसिनको आविष्कार गरेपछि गुटिनवर्ग प्रेसका जन्मदाताको रूपमा विश्व प्रसिद्ध भए । यसअघि ढुंगाको शिलामा कुटेर राखिएको ४२ हरफको बाइबललाई गुटिनवर्गले आफूले आविष्कार गरेको छपाइ मेसिनबाट सन् १४५५ मा छापेका थिए । प्रेसबाट छापिएको विश्वको पहिलो पुस्तकै त्यही थियो । त्यसपछि गुटिनवर्गको प्रेसले अनपेक्षित लोकप्रियता पाउँदै गयो । यसको अलावा गुटिनवर्ग पत्रकारिता पनि गर्न थाले । यसपछि पुस्तक र पत्रपत्रिका सबै प्रेसबाटै छाप्ने क्रम प्रारम्भ भयो । छपाइ र प्रकाशकनकै पेसा अँगाल्दै आएका जोहनेस गुटिनवर्गको ७० वर्षको उमेरमा ३ फ्रेब्रुअरी सन् १४६८ मा जर्मनीमा स्वर्गारोहण भयो ।
१०. अल्फ्रेड वर्नहार्ड नोबेल
पिता इमानुयल र माता क्यारोलिनको कोखबाट अल्फ्रेड वर्नहार्ड नोबेलको जन्म सन् १८३३ को अक्टोबर २१ मा स्वीडेनको स्टकहोममा भएको थियो । अल्फ्रेड नोबेलले फ्रान्सको पेरिसबाट शिक्षा आर्जन गरेका थिए । अध्ययनको क्रममा पेरिसमा अल्फ्रेड नोबेलको भेट इटालियन रसायनशास्त्री ‘सोवेरो’ सँग भयो । सोवेरोले आविष्कार गरेको ‘नाट्रोग्लिसिरिन’बाट नोबेल प्रभावित बनेका थिए । यसलगत्तै नोबेलले पनि नाइट्रोग्लिसिरिन उत्पादन गरी सर्वप्रथम सन् १८६६ मा परीक्षण पनि गरेका थिए । नाइट्रोग्लिसिरिन निर्माण कार्यमा अत्यन्त उपयोगी भयो । प्रारम्भमा सडक निर्माण गर्दा प्रयोग गरिएको नाइट्रोग्लिसिरिन पछि क्रमशः भवन निर्माण गर्ने क्रममा पनि प्रयोग हुन थाल्यो । नाइट्रोग्लिसरिन त्यस्तो शक्तिशाली रासायनिक पदार्थ हो जुन सडक निर्माणको क्रममा चट्टान फुटाउन प्रयोग गरिन्छ । विस्फोटन कार्य गर्नुपर्दा यसलाई तरल वा ठोस दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।
नाइट्रोग्लिसरिनको आविष्कारबाट नोबेलले अथाह सम्पत्ति आर्जन गरेका थिए । यसपछि नोबेलले आफूले आर्जन गरेको सम्पूर्ण सम्पत्ति सार्वजनिक हितका निम्ति अक्षय कोषमा राख्ने निर्णय गरे । विश्वप्रसिद्ध रसायनशास्त्री अल्फ्रेड वनहार्ड नोबेलको मृत्यु डिसेम्बर १०, सन् १८८९ मा भयो । उनको मृत्युपछि विभिन्न पाँच क्षेत्रका विश्व प्रसिद्ध व्यक्तिलाई छानेर सन् १९०१ देखि नोबेलकै नामबाट हरेक वर्ष पुरस्कार प्रदान गर्न थालियो । नोबेल पुरस्कार विश्वकै ठूलो पुरस्कार हो ।