स्याङ्जाका पाँच अग्रज कम्युनिष्ट नेता सम्मानित

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाले पाँचजना अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा एमाले स्याङ्जाले पाँचजना अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालयमा आयोजना गरिएको ७६औं स्थापना दिवस कार्यक्रममा लामो समय कम्युनिष्ट पार्टीको राजनीतिमा योगदान गरेका अगुवा नेताहरुलाई सम्मान गरेको जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए ।

कम्युनिष्ट आन्दोलन सगै देशको परिवर्तनमा अग्रणी मोर्चामा रहेर भुमिका निर्वाह गरेका चक्रबहादुर पराजुली, ध्रुव अधिकारी, रामबहादुर थापा, ढाकाराम अर्याल र इन्दिरा विश्वकर्मालाई दोसल्ला सहित प्रमाणपत्रले सम्मान गरिएको छ । सम्मानित हुने व्यक्तिहरु कम्युनिष्ट आन्दोलनका अगुवा नेताहरु हुन् । सम्मान कार्यक्रममा अर्याल बिरामी भएका कारण सहभागि हुन पाएनन् । उनीहरुलाई जिल्ला इन्चार्ज गण्डकी प्रदेशका सांसद सीता सुन्दास, नेकपा एमालेका केन्द्रीय सदस्य सिमा क्षेत्री र जिल्ला अध्यक्ष गैह्रेले सम्मान गरेका थिए ।

कम्युनिष्ट आन्दोलनमा जिवनभर लागेका अगुवा नेताहरु सम्मान स्याङ्जामा यो पहिलो हो । एमालेको केन्द्रीय बार्षिक कार्ययोजनामा भएपनि विगतका बर्षहरुमा यसरी अगुवा नेताहरुलाई सम्मान गरिएको थिएन । यो बर्षदेखी सम्मान कार्यक्रम शुरु गरिएको अध्यक्ष गैह्रेले बताए । ७६औं कम्युनिष्ट दिवसमा अग्रज नेताहरुलाई सम्मान गर्ने योजना अनुसार विभिन्न शिर्षक र आन्तरीक सुचकहरुका आधारमा ५ जनालाई सम्मान गर्ने योग्यता पुगेको बताइएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज सीता सुन्दास, केन्द्रीय सदस्य सिमा क्षेत्री, महेन्द्र थापा मगर, नारायण मरासिनी, चक्रबहादुर पराजुली, सुर्यप्रसाद गैह्रे लगायतका बक्ताहरुले बैशाख ९ गते कम्युनिष्ट पार्टीहरुको उत्सवको दिन रहेको बताएका थिए । मुलुकको दिगो विकासका लागि कम्युनिष्ट पार्टी एउटा शक्ति रहेको बताउदै बक्ताहरुले सबै कम्युनिष्टहरु एकताको मालामा गाँसिनुपर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता