वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षण शहीद धर्मभक्तमा

काठमाडौं । केही दिनअघि संयुक्त अरब इमिरेट्स (यूएई)मा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि महत्वपूर्ण निर्णय गरेका थिए ।

मन्त्री पौडेलले बिदेसिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्नेगरी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको छ । सो समय मन्त्री पौडेलले केही दिनभित्रै वैदेशिक रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूको स्वास्थ्य रक्षाका लागि निर्णय गर्ने घोषणा गरेका थिए । जसका लागि उनले यूएईका स्वास्थ्य विभाग अध्यक्षसँगसमेत वार्ता गरेका थिए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको जानकारी दिए । उनले वैदेशिक रोजगारीबाट फर्केका सबै नेपाली कामदारले सो केन्द्रमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गराउनसक्ने बताए ।

यसैगरी, केन्द्रले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपनाउन सकिने उपाय’bout समेत जानकारी दिन विज्ञ चिकित्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय सो केन्द्रले गरेको छ । यसैगरी, विदेशमा रहेका बेला देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागिसमेत डिउटीमा रहेका मेडिकल अधिकृतलाई सो अस्पतालले खटाउने भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय सो केन्द्रले गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यी निर्णय कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)