सप्तरीको राधाकृष्ण मन्दिरमा पुनः चोरी

राजविराज । नगरको मुटुमै रहेको राजविराज–७ स्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा तीन साता नवित्दै पुनः चोरी भएको छ । शुक्रवार मध्यराती मन्दीरमा रहेको दानपेटीका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताल्चा फुटाएर नगद रकम चोरी भएको हो ।

पुस्तक काउन्टरबाट डेढ हजार जति नगद चोरी भएपनी दानपेटीकाबाट चोरी भएको रकम यकिन गर्न न सकिएको मुल पुजारी रत्नेश्वर झाले सुनाए । यद्धपी दानपेटीकाबाट चार हजार देखी पाँच हजार जती नगद रकम चोरी भएको हुन सक्ने उनको अनुमान ब्यक्त गरेका छन ।

राती ११ बजेतीर घर गएका उनी शनीवार विहान ५ बजे तीर मन्दिरको ढोका खोल्न आउदा मात्र चोरी भएको थाहा पाएको सुनाए । मन्दिर परिसरमा सिसी क्यामेरा जडान नभएकाले चोरको पहिचान गर्न कठिन भएको मन्दिर व्यवस्थापन समितीका सचिव विरेन्द्र गूप्ताले बताए ।

राजविराजको प्राचिन मन्दिर मध्येका एक उक्त मन्दिर परिसरमा शौचालय तथा वाथरुमको सुविधा नहँुदा रातीको समयमा पुजारीहरु आ–आफनो घर जाने र विहान पख आउने गरेका छन । यही मौका छोपेर चोरले सम्पती चोरेर लैजाने गरेको स्थानीयको भनाइ छ । स्थानीयले उक्त चोरी घटनामा बजार क्षेत्र कै केही लागु औषध सेवनकर्ताको संलग्नता रहेको दाबी गरेका छन ।

यस अघि गत चैत्त २५ गते पनि उक्त मन्दिरमा रहेको दानपेटीका र पुस्तक काउन्टरको ताल्चा फुटाएर हजारांै रकम चोरी भएको थियो । यस्तै ६ महिना अघि पनि यहाँ स्थित शनी मन्दिरमा समेत चोरले दान पेटीका फुटाएर १० हजार भन्दा बढी रकम चोरेर लगेका थिए ।

घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले मुल पुजारी तथा आसपासका वासिन्दा संग आवश्यक सोधपुछ गरी चोरीमा संलग्नको खोजी कार्य सुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने