लामो समयपछि उदयपुर सिमेन्ट सुचारु

उदयपुर । लामो समयको बन्दपछि गैडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । मङ्सिरदेखि पूर्ण रुपमा बन्द रहेको उद्योगले किल्न फाईरिङ गरेको हो । कानुनी झमेला तथा कर्मचारीहरूकै अबरोधका बिच फाईरिङ गरेर उद्योग पुनः सञ्चालन गर्न थालेको निमित्त महाप्रबन्धक महेश साहले बताए । किल्न फाईरिङ गरिएको उद्योगको मेसिन उपकरण सञ्चालन भइ रहेको छ । कम्तीमा ८ घण्टा मेसिन चलेपछि क्लिङ्कर उत्पादन हुने उनको भनाई छ ।

उद्योगले प्रतिदिन ४ सय मेट्रिकटन क्लिङ्कर उत्पादन हुने अनुमान गरिएको छ । उद्योगसँग अहिले चाहिने कच्चा पदार्थ कोइला र डिजेल १२ दिनसम्म पुग्ने मौजुदा रहेको छ । त्यतिन्जेल उद्योग सञ्चालन गर्न सकिने र थप कच्चा पदार्थ खरिद गर्नु पर्ने हुन्छ । १२ दिन उत्पादन भएको क्लिङ्कर सिमेन्ट बनाएर बिक्री गरेपछि पुँजी परिचालन (रनिङ) गर्न सकिने साह बताउँछन् ।

विभिन्न अबरोधका बीच किल्न फाईरिङ गरेर उद्योग चलाउन थालेकाछौँ’ साहले भने ‘मौजुदा कच्चा पदार्थले हामीलाई कम्तीमा १२ दिन क्लिङ्कर उत्पादन गर्न पुग्छ । त्यसपछि थप सञ्चालन गर्न कोइला र डिजेल किन्नु पर्ने हुन्छ । मौजुदा कच्चा पदार्थ सकिएपछि भने थप खरिद गर्नका लागि बजेट नभएकाले सिमेन्ट बिक्री गरेर पुँजी परिचालन गर्ने अपेक्षा उद्योगले गरेको छ ।

विद्युतको बक्यौता करोडौँ बाँकी रहे पनि उद्योग चलाउनका लागि विद्युत् अभाव हुन नदिने बिद्युत प्राधिकरणले प्रतिबद्धता जनाएको उनले बताए । हामीले उद्योग सञ्चानल गर्नका लागि नियमित बिद्युत उपलब्ध गराउन प्राधिकरणलाई भनेकाछौँ’ उनले भने ‘प्राधिकरणले विद्युत नियमित दिने बताएको छ । बन्द उद्योग सञ्चालन गर्न मेसिन उपकरण मर्मत संभार भइ रहेका बेला ललितपुर जिल्ला अदालतले सप्लायर्सको बक्यौता रकम भुक्तानी गर्न पत्र पठाएको थियो ।

बैशाख ५ गते नै फाईरिङ गर्ने गरी तयारी भइ रहँदा अदालतले उद्योगलाई ४ हजार मेट्रिकटन कोइला आपूर्ति गरेको बक्यौता ९ करोड ९२ लाख ७७ हजार रुपैँया १५ दिन भित्र जम्मा गर्न पत्र आएपछि उद्योग समस्यामा परेको साहले बताए । भुक्तानी नदिए उद्योगका नाममा रहेका विभिन्न बैङ्कका खाताहरू बन्द हुने चेतावनी दिइएको उनले बताए । पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड दैनिक ८ सय मेट्रिकटन गैँडा सिमेन्ट उत्पादन गर्ने क्षमता थियो । अदालतले बैशाख २ गतेको मितिमा लेखेको पत्रानुसार २०८१ चैत २९ गतेको आदेश अनुसार कोइला सप्लायर्स आपूर्तिकर्ता पायोनियर होल्डिङको बक्यौता भुक्तानी गर्न भनिएको छ ।

अदालतको पत्रमा २०८१ साउन ९ गते ४ सय मेट्रिकटन कोइला पायोनियर होल्डिङ प्रालिले उपलब्ध गराउने ठेक्का सम्झौता भएको तर, विवाद भएपछि समाधान गर्न पक्ष–विपक्ष बिच गठित एकल मध्यस्थताको २०८१ माघ ३ गतेको निर्णय बमोजिम भुक्तानी गर्न ताकेता गरिएको छ । फैसला कार्यान्वयन शाखाका तहसिलदार राजकुमार गुरुङद्वारा हस्ताक्षरित पत्रमा बक्यौता रकम उद्योगको साधारण, पुँजीगत वा अन्य कुनै शीर्षकबाट भुक्तानी गरी अदालतलाई जानकारी गराउन भनिएको छ ।

‘….बादीलाई बुझाउनु पर्ने रकम ९ करोड ९२ लाख ७७ हजार रुपैँया उद्योगको साधारण, पुँजीगत या अन्य जुनसुकै शीर्षकबाट पनि भुक्तानी गरी यस अदालतको कार्यालय कोड नं. २०९४७३४०१ मा अनिवार्य उल्लेख गर्न अदालतको पत्रमा उल्लेख छ ।

अदालतले १५ दिनभित्र जम्मा गरी सो को भौचर सहितको जानकारी यस अदालतमा पटाइ दिन हुन अनुरोध छ । अदालतले सो अवधि भित्र रकम जम्मा गरेको भौचर प्राप्त नभए मुलुकी देवानी कार्यविधि ०७४ को दफा २४२ (७) बमोजिम उद्योगको नाममा रहेका विभिन्न बैँकको मौज्दात रकमबाट बिगो भराउते प्रक्रिया अघि बढाउने बेहोरा समेत जानकारी गराइएको पत्रमा उल्लेख छ ।

अदालतको पत्र’bout उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराएर उद्योग सुचारु गरेको बताएका छन् । २०८० चैतमा प्राप्त सो रकमबाट उद्योग सञ्चालन गर्न यन्त्र उपकरणहरूको मर्मत सम्भार भइ रहेको छ । सरकारले उपलब्ध गराएको १६ करोड मध्ये ५ करोड मर्मतमा खर्च भएर बाँकी रहेको रकम बक्यौता तिर्न अदालतले आदेश दिन थालेपछि उद्योग तत्काल सञ्चालन गरिउको जिएम साह बताउँछन् ।

सरकारले उपलब्ध गराएको १६ करोड यन्त्र उपकरण मर्मत गर्न दिएको हो, त्यसबाट मर्मत गरि बाँकी रहेको रकम कच्चा पदार्थ खरिद गरेर उद्योग सञ्चालन गर्न लागिएको साहले भने ‘बाँकी ११ करोड मध्ये ५ करोड आन्तरिक ऋण लिएर उद्योग सञ्चालन गरिएको हो । बन्द उद्योग सुचारु भए सिमेन्ट उत्पादन र विक्री वितरण गर्न पाउँदा पुँजी परिचालन हुने उनी बताउँछन् । एसियाकै उत्कृष्ट गैँडा सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योगको यस्तो दुर्दशाप्रति सरकार, सरोकारवाला मन्त्रालय र जिम्मेवार व्यक्तिहरुले तत्काल आवश्यक कदम चाल्न र उद्योग निर्बाध सञ्चालन गर्ने वातावरण बनाउने पहल गर्न पनि उनको आग्रह छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी