नेपाल ब्रिटेनको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-९ सुखेपोखरीमा रहेको सर्भिस फर पिस बाल गृहमा नेपाल ब्रिटेनको सहयोगमा शैक्षिकसहित विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

समाजसेवी शान्ता पाण्डेको पहलमा लण्डनस्थित रिभर एकेडमीमा अध्यनरत छात्रा टिया आचार्यको सक्रियतामा संकलित सहयोग आइतबार नेपाल ब्रिटेनको सहयोगमा हस्तान्तरण गरिएको छ।

नेपाल ब्रिटेनले सर्भिस फर पिस बाल गृहमा झुल, कालो जुता, सेतो जुता, पंखा, क्रिकेट खेलका सम्पूर्ण सामग्री, तिल, सुजी, मसुरोको दाल, ह्यान्ड वास, साबुन, चिनी, बिस्कुट, सिसाकलम, कपी, पेन, चनालगायत ३८ किसिमको सामग्री वितरण गरिएको सर्भिस फर पिस बाल गृहका संचालक सदस्य मनिष बरालले जानकारी दिए ।

नेपाल ब्रिटेन डटकमका सञ्चालक चिरन्जबी ढकालले टिया आचार्यको जन्म ब्रिटेनमा भएको हो । यस्ता नानीहरु अरु छन् । तर उनिहरुमा नेपालप्रतिको सकारात्मक धारणा छैन । टियाले यतिको कम उमेर सहयोगको भावना राख्नु उदाहरणीय कार्य भएको ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै