तुलसीपुर । लकडाउन उल्लंघन गरेको आरोपमा तुलसीपुर बजारबाट ५२ जनालाई नियन्त्रणमा लिएर २ घन्टापछि प्रहरीले छोडेको छ । लकडाउनको समयमा तुलसीपुर बजारमा हिडिरेका उनिहरुलाई प्रहरी परिचालन गरेर नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।
पछिल्लो समयमा कडाई गर्दै गएको प्रहरीले सवारी पासविना संचालनमा आएका सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले ना ६ ख ६१२ नम्बरको ट्रक, रा १ ख ५२३ नम्बरको पिक अप जिप, लु १च ६५९७ जिप, रा १ त २८८४ नम्बरको टेक्टर, रा ५ प ७२६० र रा २ प ४०६ नम्बरको मोटरासइकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)






