परेवा उडाएर चलचित्र बिगुलको मुहूर्त

काठमाडौं । अक्षय तृतीयाको शुभ अवसर पारेर बुधवार बिहान कोटेश्वर महादेवस्थानमा नयाँ चलचित्र ‘बिगुल’ को शुभ मुहूर्त गरियो । मुहूर्तमा कलाकारहरूले शान्तिको प्रतीक स्वरूप एक जोडी परेवा उडाएका थिए ।

रमेश कोइरालाको निर्देशनमा यो चलचित्रको यसै साताबाट छायांकन सुरु गरिने भएको छ । दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, संवाद रहेको यो चलचित्र शिव ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको बिगुलको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् ।

चलचित्रमा नरेन खड्का, बेनिशा हमाल, नीर शाह,रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जे एन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबी भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारीलगायतको अभिनय रहेन छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

ड्युटीमै रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारलाई कारवाही गर्न मन्त्रालयको निर्देशन