पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने ४ पक्राउ

पर्सा । अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र अर्का नाबालक रहेका छन्। 

बारा कलैया उपमहानगरपालिका-१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 

साहलाई वैशाख १६ गते राति पौने १० बजे वीरगन्ज महानगरपालिका-१२ मुर्लीस्थित घरबाट सकुशल उद्धार गरिएको थियो। 

अपहरणपछि ती चार जनालाई साहको परिवारसँग फिरौती मागिरहेका थिए। ‘फिरौती रकम मागिरहेको सूचना पाएपछि प्रहरीले अपहरित व्यक्तिलाई सकुशल उद्धार गर्न सकेको छ,’ मिश्रले भने। 

पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल