मधेश प्रदेशमा पर्यटन बोर्ड गठन गर्ने तयारीः मन्त्री अली

सप्तरी । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले मधेश सरकारले छिट्टै पर्यटन सम्बन्धी नियमावली ल्याएर पर्यटन वोर्डको गठन गर्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सप्तरीको राजविराजमा बिहीबार आयोजना गरेको “स्थानिय सरकार, मधेश प्रदेश सरकार पर्यटन व्यवसायी र सरोकारबालाबीचको बैठक तथा अन्तरक्रिया अवलोकन एवं प्रचारप्रसार कार्यक्रम” मा बोल्दै मन्त्री अलीले यस्तो कुरा बताएका हुन् ।

उनले मधेश प्रदेशमा पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन ऐन आईसकेकोले अव सरकारले छिट्टै नियमावली ल्याएर बोर्ड गठन गर्ने र यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

उनले मधेश प्रदेशको ८ वटै जिल्लामा पर्यटन विकास गर्न सरकारले काम गरिरहेको जानकारी दिदै भने, “पर्यटन ऐन र नियमावली बनिसकेको छ र छिट्टै पर्यटन बोर्डको गठन हुदैछ ।”

मधेश सरकारले ८ वटै जिल्लामा पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको संरक्षण सम्वद्र्धृनका लागि विगतमा पनि बजेट दिएको र आउदो आर्थिक बर्षमा समेत बजेट विनियोजन गर्ने उनको भनाई थियो ।

सरकारको एकल प्रयासबाट मात्र पर्यटन विकास सम्भव नहुने भन्दै उनले यसमा निजी क्षेत्र तथा सरोकारवाराला सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पुर्व सिंचाईमन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी लगायतले सप्तरीको एतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन तथा विकासमा तिनै तहका सरकारले योगदान दिनु पर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै