अबको यात्रा आर्थिक क्रान्ति : माओवादी महासचिव गुरुङ

गुल्मी । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देशमा अब आर्थिक, सामाजिक रुपान्तरण जरुरी रहेको बताएका छन् । शनिबार गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्दै नेता गुरुङले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको र अब आर्थिक रुपान्तरण हुनुपर्नेमा जोड दिए ।

‘नेपालमा आवश्यक राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जिवनस्तर उकास्नुपर्छ’ नेता गुरुङले भने । उनले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभूत आवश्यकता पुरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडी बढ्नुपर्ने समय आएको बताए ।

‘समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पुरा हुदैँनन् ।’ उनले भने, ‘अबको यात्रा आर्थिक क्रान्ति हो ।’ फरक प्रसङ्गमा नेता गुरुङले नेपालमा सबै प्रकारका कम्युनिष्टहरु एक हुने अभियानमा अगाडी बढेको र त्यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल