दैलेखमा रुख काट्ने क्रममा च्यापिएर २ जनाको मृत्यु

दैलेख । भैरबी गाउँपालिका -५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर २ जनाको मृत्यु भएको छ।

गाउँमा वर्ष दिनको बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएको स्थानीय अगुवा देबिराम आचार्यले जानकारी दिए ।

रुखले च्यापिएर २ जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए । प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी