Sunday, May 16, 2021
Home Breaking News आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

,

काठमाडाै‌ ।  मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

(Visited 594 times, 1 visits today)
Loading comments...

आजको समाचार

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

साताका लोकप्रिय समाचार

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

‘एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन’

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन्...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

ट्रेन्डिङ

थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७...

सप्तरीको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव

सप्तरी, राजविराज । सप्तरी जिल्लास्थित एक मात्र सदरमुकाम राजविराजमा रहेको रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ । रगत अभावले समस्या भएपछि केन्द्रले गरेको...

मधुमेहले ज्यान लियो अभिनेता जयनेन्द्रको

काठमाडौं । एक समय नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा एकछत्र राज गरेका अग्रज कलाकार जयनेन्द्र चन्द ठकुरी अब हामीमाझ रहेनन् । १ सयभन्दा बढी...

आरसिटी र ब्वाइज युनियनबराबर

काठमाडौं । रानी पोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक खेल खेल्दै बराबरी अंक बाँडेका छन् ।...

खर्च जुटाउन दाता गुहार्दै सरकार

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउन र लकडाउनले ठप्प पारेको व्यापार व्यवसाय तथा आयात निर्यातका कारण राजस्व गुमेपछि सरकारमाथि खर्च जुटाउन स्रोतको दबाब...

आगामी बजेट १७ खर्बको

काठमाडौं । संघीय संसद्अन्तर्गतको अर्थ समितिले कोरोनाका कारण क्षति भएको अर्थतन्त्रलाई गतिशील बनाउन १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ । अर्थ समितिमा विभिन्न...

आफैँलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

सिन्धुली । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर...

चीनलाई उपहार दिएको गैंडामध्ये एकको मृत्यु

ललितपुर । चीन सरकारलाई उपहारस्वरूप दिइएको दुई जोडीमध्ये एक गैंडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र...

प्रधानमन्त्रीको आत्मबलको सर्वत्र प्रशंसा

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र...

सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

काठमाडौं ।नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएका छन्...

बलात्कार घटनाको अनुसन्धान फितलो किन ?

बलात्कारका कतिपय घटनामा कसुरदार पक्राउ पर्दैनन् । पक्राउ परेकै कतिपय कसुरदारले दण्ड सजाय पाउँदैनन् । बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था नभएको पनि होइन । अनुसन्धान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)