रेशम पक्राउको जवाफ नदिए सरकारबाट बाहिरिने नागरिक उन्मुक्तिको चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रेशम चौधरीको पक्राउ’bout सरकारले जवाफ नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै नाउपाका सांसद लालबीर चौधरीले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै यस’bout सरकारसँग जवाफ माग गरेका छन् । उनले रेशमलाई फर्जी पत्र बनाएर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाए ।

उनले तत्कालै त्यस’bout सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए। उनले रेशम पक्राउ’bout सरकारले अहिलेसम्म जवाफ नदिएको बताए । सांसद लालबीरले भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नआए सरकारबाट बाहिरिने चेतवनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती