नेपालमा ऊर्जा विकासको सम्भावना

नेपालको जलविद्युत् क्षेत्रको सम्भावना अविश्वसनीय छ । प्राकृतिक स्रोत र जलस्रोत भरपुर उपयोग गर्दै यस क्षेत्रले मुलुकको समृद्धिमा योगदान पु-याउनसक्छ । जसरी खाडी राष्ट्रले तेल सम्पदा सदुपयोग गरेर आफूलाई आधुनिक धन–कुवेरका रूपमा विकसित गरेका छन् । त्यसरी नै नेपालले पनि आफ्नो जलसम्पदा सदुपयोग गरेर पानीलाई ‘वाटर डलर’का रूपमा परिणत गर्न सक्छ । यदि, खाडी देश कच्चा तेल उपयोग गरेर ‘पेट्रो डलर’ कमाउन सक्छन् भने हामी पनि आफ्नो जलसम्पदालाई ‘वाटर डलर’का रूपमा विकसित गर्न किन सक्दैनौं ?

अध्ययनअनुसार नेपालमा जलविद्युत्् उत्पादनको क्षमता ८५ हजार मेगावाट आसपास छ । उत्पादन क्षमतामध्ये हाल करिब ८–१० प्रतिशत विद्युत् उपयोग भइरहेको छ । विश्वका अन्य देशका तुलनामा नेपाललाई जलविद्युत्् क्षेत्रमा महत्वपूर्ण स्थान प्राप्त छ, जसका कारण भारतजस्ता मुलुकका ठुला लगानीकर्ताको समेत चासो बढिरहेको छ । भारतको सन्दर्भमा हेर्ने हो भने ऊर्जा आवश्यकता पूरा गर्न उसले थर्मल पावर, कोइला सौर्य ऊर्जा र नवीकरणीय ऊर्जा उपयोग गरिरहेको छ । जलविद्युत््का स्रोतलाई उसले बढी महत्व दिएको छ ।

भारतको कुल ऊर्जा उत्पादनमा जलविद्युत्् प्रमुख हिस्सा हो । उपयुक्त जलस्रोत र प्रविधिका कारण यो सम्भव भएको हो । यसविपरीत हाम्रो देशले जलविद्युत््को विशाल सम्भावना छोडेर अझै पनि आंशिक उपयोग गरिरहेको छ । हाम्रो देशको जलविद्युत्् क्षेत्र अझै विकासको प्रारम्भिक चरणमै छ । तथापि, ऊर्जा क्षेत्र सदुपयोग गरेर हामी धनी हुनसक्ने अवस्था छ“दै छ । केही वर्षयतादेखि दक्षिणी भारतसँगको द्विपक्षीय ऊर्जा व्यापारमा नेपाल नाफाको अवस्थामा रहनु यसको ठोस प्रमाण हो । नेपाल जलविद्युत््को ठूलो उत्पादनकर्ता हुन सक्छ भने भारतजस्तो विशाल बजार यसको खरिदकर्ता हुन सक्छ । नेपालमा आएर जसले बिजुली उत्पादन गरे पनि बजार भारत नै हो । भारतस“ग आगामी १० वर्षमा नेपालसित १० हजार मेगावाट बिजुली खरिद गर्ने विधिवत् सम्झौता नै भइसकेको छ ।

जलस्रोतभित्र बिजुली मात्रै आउँदैन । यसअन्तर्गत खानेपानी, सिंचाइ र नदी नियन्त्रणजस्ता विषय पनि पर्छन् । अहिले पनि कतिपय ठाउ“मा खानेपानी अभाव छ । सिँचाइ पर्याप्त व्यवस्था नभएकै कारण नेपाली किसानले चाहेजतिको उत्पादन गर्न सकिरहेका छैनन् । नदी कटान समस्याबाट जनता पीडित छन् । जलस्रोत उपभोग भएमा स्वतः समस्या समाधान हुनेछ । नेपालमा हालसम्म जलविद्युत्् क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसक्नुका कतिपय कारण छन् । आवश्यक पूर्वाधार र प्रशासनिक जटिलताका कारण पनि विदेशी लगानीकर्ता खुसीसाथ नेपाल आउन चाहँदैनन् । जलविद्युत्् परियोजना निर्माणमा वनजंगलको समस्या, वातावरण संरक्षणका नाममा आवश्यकताभन्दा बढी समस्या तेस्र्याउने प्रवृत्तिका कारण जग्गा प्राप्ति हुन सकेन । राजनीतिक अस्थिरताको असर स्वाभाविक रूपमै देश विकासमा पनि पर्ने गर्छ भन्दा गलत नहोला † मजदुर हडताल तथा अनावश्यक आन्दोलनको सर्वाधिक असर औद्योगिक विकासमाथि पर्ने गर्छ । जटिलता समाधान गरेर लगानीकर्तालाई तनावमुक्त वातावरण उपलब्ध गराइनु आवश्यक छ ।

जलविद्युत्् क्षेत्रमा लगानी गर्ने व्यावसायिक घटनाले सुरक्षित र अनुकूल नीतिगत वातावरण अभावका कारण लगानी गर्न अगाडि नसरेका हुन सक्छन् । भारतीय व्यावसायिक लगानीकर्ताले नेपालमा लगानी गर्नका लागि नीतिगत सुरक्षा र प्रतिफल सुनिश्चितता खोजिरहेका छन् । केही वर्षयतादेखि नेपालको वैदेशिक लगानी भित्याउन लगानीमैत्री वातावरण निर्माण गर्न लागेको छ ।

भारतको कुल ऊर्जा उत्पादनमा जलविद्युत् प्रमुख हिस्सा हो । उपयुक्त जलस्रोत र प्रविधिका कारण यो सम्भव भएको छ। यसको ठीकविपरीत हाम्रो देशले जलविद्युतकाे विशाल सम्भावना छोडेर अझै पनि आंशिक उपयोग गरिरहेको छ । नेपालको जलविद्युत क्षेत्र अझै विकासको प्रारम्भिक चरणमै देखिएको छ

करिब एक दशकअघि भारतसँग विद्युत् विकास सम्झौता र विद्युत् व्यापार भएपछि नेपालको ऊर्जा व्यापारमा प्रगति भइरहेको छ । भारतसँग बिजुली खरिदबिक्रीका लागि प्रसारण लाइन निर्माण र विस्तार आवश्यक भएको थियो । अब जबकि प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ, यस्तोमा भारतीय लगानीकर्ता पनि नेपालमा लगानी गर्न उत्साही भएका छन् । अरुण तेस्रो जलविद्युत्् परियोजनामा भारतीय कम्पनी सतलज जलविद्युत्् निगमले २ सय १७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दा आइपरेका समस्या समाधानका लागि पनि सरकारले आवश्यक सहयोग गरेको थियो । यसले नेपालमा भारतीय लगानीकर्ताको विश्वास जगाउने काम गरेकाले उनीहरू उत्साही देखिन्छन् । भारतको अडानी समूहजस्तै ठूला कम्पनीले पनि नेपालमा जलविद्युत्् परियोजनामा लगानी गर्ने इच्छा प्रकट गरेका छन् । नेपालको जलविद्युत्् क्षेत्रमा विश्वका ठूला लगानीकर्ताको आकर्षण बढदै जानु सकारात्मक संकेत हो । क्षमताअनुसार जलविद्युत् उत्पादन सकियो भने हाम्रो देश ऊर्जा आपूर्तिको केन्द्र बन्न सक्छ । यसका लागि गहन रणनीतिक योजना र राजनीतिक स्थिरता आवश्यक छ ।

गरिबी एवं बिजुली खपतबीच गहिरो सम्बन्ध छ । जुन ठाउँमा बिजुलीको खपत बढी हुन्छ, त्यहाँ गरिबी अन्त्य हुने अवस्थामा पुगिसकेको हुन्छ । तर जहाँ बिजुली अभाव हुन्छ, त्यहाँ गरिबीको अँध्यारो व्याप्त रहेको मानिन्छ । वर्तमानको सूचना–प्रविधि युगमा बिजुली पर्याप्त उपलब्धताबिना त सहज जीवनको कल्पना पनि गर्न सकि“दैन । हाम्रो देश विकासको मामिलामा पछाडि पर्नुको एउटा ठूलो कारण विद्युत््को ठूलो संकट हुनु पनि हो । त्यसो त, एक दशकदेखि विद्युतीकरणमा अप्रत्याशित ढंगले सुधार पनि भइरहेको छ । केही असहज परिस्थितिका कारण यदाकदा लोडसेडिङका घटना देखिए पनि यथार्थमा देश लोडसेडिङमुक्त भइसकेको मान्नैपर्ने अवस्था छ ।

एक दशकअघि जारी अध्ययन प्रतिवेदनअनुसार नेपालले केही वर्षभित्रमै १३ हजार विद्युत् निर्यात गर्न सक्नेछ । सन् २०४५ सम्म बिजुली बेचेर नै नेपालले प्रतिवर्ष ११ खर्ब रुपैयाँ कमाउन सक्नेछ । यस अधययन प्रतिवेदनले नेपालका राजनीतिक दल र नीति निर्मातालाई यस दिशामा ध्यान केन्द्रित गर्न प्रेरित गरेको हुनुपर्छ । एक दशकदेखि नेपालका प्रायः सबैजसो सरकारले देशको ऊर्जा विकासमा सार्थक भूमिका निर्वाह गर्दै आएका छन् । दृढ इच्छा शक्ति, विकासप्रति प्रतिबद्धता एवं प्रस्ट दृष्टिकोण भएमा अध्ययन प्रतिवेदनले मूर्तरूप लिने सम्भावना अस्वीकार गर्न सकि“दैन ।

नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि देशभित्रकै लगानी पर्याप्त हुन सक्दैन, विदेशी लगानी भित्याउनुपर्नेछ । हाम्रो देशमा पहाडी क्षेत्रका लागि ऊर्जा, पर्यटन, जडीबुटी तथा तराईका क्षेत्रमा कृषि एवं उद्योग यस्ता क्षेत्र हुन्, जहाँ पर्याप्त मात्रामा स्वदेशी तथा विदेशी लगानी आवश्यकता छ । नेपालमा विद्युत् उत्पादन सुरु भएको १ सय १० वर्षभन्दा बढी समय बितिसक्दा पनि मागअनुसारको बिजुली उत्पादन हुन सकिरहेको छैन । हामी भविष्यका लागि एउटा यस्तो ऊर्जा शक्तिले सम्पन्न नेपालको कल्पना किन गर्न सक्दैनौं ? जहाँ २ रुपैयाँ प्रतियुनिटमा बिजुली उपलब्ध हुन सकोस् । आफ्नो इच्छाअनुसार विद्युत् खर्च गर्न सकौं । देशमा लोडसेडिङ नहोस् । व्यापार घाटा पनि देशले भोग्न नपरोस् तथा जीडीपीको मामिलामा हाम्रो अवस्था दक्षिण एसियामै सबैभन्द बढी होस् ।

हामी नेपाली आफ्नो घर, कार्यालय, कारखानाका साथै खाना पकाउनमा र गाडी गुडाउनमा समेत यसैको खपत गर्न सकौं । त्यो पनि साह्रै न्यून मूल्यमा । यसबाट प्रदूषण पनि समाप्त भएर जानेछ तर उपरोक्त सबै कार्यका लागि एउटै समाधान छ, त्यो हो जलस्रोत सदुपयोग । बितेको ६ दशक फर्केर आउने होइन । वर्तमान हामीसँग छ तथा भविष्यका लागि हामी योजना बनाउन सक्छौं । देश र जनताको जीवनमा आमूल परिवर्तन ल्याउने, जनताको जीवनस्तर उकास्ने, देशलाई सुदृढ बनउने तथा देशलाई अँध्यारोबाट पूर्णतः उज्यालोतिर लैजाने नीति नै राष्ट्रहितमा मानिन्छ ।

दक्षिण एसियाकै एउटा सानो र गरिब देश भुटान आफ्नो जलसम्पदा सदुपयोग गरेर प्रगतिको बाटोमा डोहोरिरहेको छ । प्रतिव्यक्ति आयको मामिलामा भुटान सार्कमा अग्रणी देशका रूपमा छ । हामीले पनि आफ्नो जलसम्पदा सदुपयोग किन नगर्ने ?
[email protected]

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित