काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार आज शनिबार थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुष तथा पर्सा छपकैया निवासी ६३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)






