सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण

महानगरपालिकाले तालिम दिएका उद्यमीले उत्पादन गरेका सेनिटरी प्याडको गुणस्तर परीक्षण गरेर सामुदायिक विद्यालयका छात्रालाई वितरण समन्वय गर्न उपप्रमुख डंगोलको निर्देशन ।

काठमाडौँ । महानगरपालिकाले तालिम दिएका उद्यमीहरुका उत्पादनसँग बजारीकरण र वितरणका अन्य कार्यक्रमलाई अन्तरसम्बन्धित बनाउन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सामाजिक विकास विभागलाई निर्देशन दिएको छ । उपप्रमुख डंगोलले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको व्यवस्थापनलाई उधृत गर्दै सल्लाह र सुझाव दिए ।

स्थानीय स्रोत, ज्ञान, सिप र उद्यमशील प्रवर्धन हुने गरी स्थानीय स्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने व्यवस्था रहेकोले यसका लागि सामाजिक विकास विभागले सेनिटरी प्याड उत्पादनका लागि महानगरपालिकाले नै तालिम दिएका उद्यमीहरुले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गराएर उत्पादन भएका गुणस्तरीय प्याडहरु प्रचलित खरिद कानुनबमोजिम सामुदायिक विद्यालयका छात्राहरुलाई वितरण गर्नका लागि शिक्षा विभागसँगको समन्वय गरेर मात्र स्थानीय उद्यमीका उत्पादनहरुको प्रवर्धन हुने डंगोलले बताए ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा १९ हजार ९४६ जना छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ ।

एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली र विद्यालयबाट प्राप्त भएको निवेदनका आधारमा ८६ वटा विद्यालयहरुलाई प्याड खरिदका लागि रकम निकासा पठाएको थियो । सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका २०७६ को नियम २० (६) मा स्थानीय तहले निर्णय गरेर विद्यालयमा रकम पठाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै विभागले विद्यालयमा रकम निकासा पठाएको जानकारी दिएको हो । यसरी पठाएको रकम १ करोड ४३ लाख ६१ हजार १२० रुपैयाँ रहेको छ ।

वितरित प्याड प्रयोगमैत्री हुनु पर्नेमा जोड दिँदै बैठकका उपप्रमुख डंगोलले छात्राहरुको उमेर, शारीरिक बनावटका आधारमा स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरण सुनिश्चित हुनु पर्ने धारणा राखे ।

यो शिक्षा क्षेत्रको कार्यक्रम हो । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन निर्देशिका’ जारी गरेको छ । यसअनुसार उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ । यसमा १ जना कार्यपालिका सदस्य र प्रधानाध्यापकमध्येबाट २ जना सदस्य रहने व्यवस्था छ ।

छात्राहरुलाई विद्यालयका सम्पर्क व्यक्तिले एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउने गरिएको छ । बैठकमा पदमकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीले, कक्षा ४ र ५ मा अध्ययन गर्ने बालिकाहरुमा पनि मासिक स्राव सुरु हुने गरेको अनुभव सुनाए । अधिक स्राव हुने छात्राहरुलाई धेरै प्याड चाहिने जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू