सुम्निमा निर्माण गर्दै मिलन चाम्स

काठमाडौं । आफ्नो पछिल्लो चलचित्र ‘अञ्जिला’ले ५ मुलुकका ४५ वटा चलचित्र घरमा ५१ दिन मनाएपछि निर्देशक मिलन चाम्सले अर्को नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो नयाँ चलचित्र ‘सुम्निमा’को निर्माण घोषणा गरेका थिए । अञ्जिलाको सफलताको खुसी साट्दै आफुले सुम्निमा घोषणा गरेको उनले बताए ।

यो चलचित्रको लागि उनले अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्धित गरेका छन् । नयाँ चलचित्र सुम्निमा’bout निर्देशक चाम्सले राजधानीसँग भने,‘यस अघि फरक फरक जनराको चलचित्र निर्माण गरेको थिएँ भने चलचित्र सुम्निमा पूर्ण प्रेमकथामा आधारित हुने छ । यो चलचित्र नेपाली र अंग्रेजी गरेर दुई भाषामा निर्माण गरिने छ ।’

यो चलचित्रमा उनले सुम्निमाको चरित्रमा अभिनेत्री उपासना सिंह ठकुरीलाई उतार्न लागेको पनि जानकारी गराए । उपासनाको जोडीको रूपमा भने नयाँ अभिनेताको लागी अडिसनबाट चयन गरिने पनि चाम्सले जानकारी गराए । बेलायतमै छायांकन हुने यो चलचित्रको अभिनेता भने बेलायतबाटै लिने पनि उनले बताए ।

अन्तर्राष्ट्रिय कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर यो चलचित्र बनाउन लागेको बताउँदै चाम्सले भने, ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै चलचित्र बन्नेछ ।’

यो चलचित्रको बेलायतसँगै नेपालमा छायांकन गरिने उनले बताए । चलचित्रको छायांकन साउनबाट सुरु गरिने भएको छ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा निर्माण हुने सुम्निमा चाम्सको ११ औं निर्देशकीय चलचित्र हुने छ । यो चलचित्रमा राजीव थापाको कथा र पटकथा रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

epaper

ताजा समाचार

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि