काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाईल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई स्पोर्ट्सले जितेको छ। विजेता टोलीले पुरस्कारस्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोर्ट्सले उपाधि हात पारेको हो।

विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवहाक अध्यक्ष हिमबिक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ।
नेपालमा ई–स्पोर्ट्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सफल आयोजना गरिएको संघका सचिव आशिष दाहालले जानकारी दिए ।
सम्बन्धित समाचार
सन्दीप पुनः नेपाली क्रिकेट टोलीको कप्तान
मेस्सीमाथि बम आक्रमणको धम्की आएकै हो ?
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने
बुढासुब्बा युथ क्लब सुन्दरहरैँचा- ८ बन्यो अन्डर–१७ च्याम्पियन
विश्वकै ध्यान तानेको एउटा विवाह
एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
यस्तो छ, एसियाली खेलकुदको सात दशक लामो यात्रा
विश्वकप फाइनलमा झगडा गर्ने अर्जेन्टिनाका ३ खेलाडीमाथि कारबाही






