काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी १९ फागुनदेखि जापानको नारितामा भर्ने भएको छ । निगमले एयरबस वाइड्वडी विमानबाट काठमाडांै नारिता साताको ३ दिन सिधा उडान भर्ने छ । सो उडान हरेक साता सोमबार, बुधबार र शुक्रबार हुनेछ ।
बिहान १ : २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरी नारिता पुग्ने निगमको विमान सोही दिन अपराह्न ६ः२५ मा फर्किएर काठमाडौंमा अवतरण हुने कार्यतालिका बनाइएको निगमले जनाएको छ । जसका लागि निगमले हालको प्रवद्र्धनात्मक भाडादर काठमाडौंबाट नारिताका लागि एकतर्फी प्रतिव्यक्ति ३७ हजार रुपैयाँ र दुईतर्फी भाडादर ७३ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, विजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५-२५ केजीका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३-२३ केजीका २ वटा व्यागेजको सुविधा पाउनेछन् ।
नारिताको उडान सुरु भएपछि टोकियो र त्यस ’roundका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमले जनाएको छ । अहिले निगमले जापानको ओशाकामा उडान गरिरहेको छ । अब भने ओशाका उडान स्थगित गरी नारितामा सुरु हुने भएको हो ।