बालाजु पौडी पोखरी सञ्चालन गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । बालाजु पौडी पोखरीको पानीको गुणस्तर सुनिश्चित गरेर पोखरी सञ्चालन गर्न उपप्रमुख डंगोलले निर्देशन दिएको छ । बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, पोखरी सञ्चालनलाई उद्यानको गुरुयोजना अन्तर्गत व्यवस्थापन गर्नु पर्ने बताए । २०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो ।

.

बालाजु उद्यानका धेरै आयाम छन् । तीमध्ये पोखरी एउटा हो । यसकारण पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकै साथ अगाडि बढाइने उहाँको भनाइ छ ।
सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उपाध्यक्ष राजभण्डारीको भनाइमा आफ्ना धारणा राख्दै वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले, स्थानीयबासीहरुले गुरुयोजना कार्यान्वयनको अपेक्षा गरेको बताए ।

‘पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो ।’ पुनःनिर्माण कार्यको जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ । पुरानो शौचालय र स्नान घर पुनःनिर्माण गरिएको छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश