काठमाडौं । २७ वैशाख ती न दिनदे खि भारत र पाकिस्तानबीच भइरहेको तनाव तत्काल अन्त्य भएको घोषणा गरिएको छ । अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाली दुई मुलुक भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन् । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका हुन् ।
– तत्काल युद्धविराम – तटस्थ स्थानमा वार्ता गर्ने सहमति
दुई देशले युद्धविराम घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । पाकिस्तानी विदेशमन्त्री इशाक डारले ट्विट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता, भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेसन्स प्रमुख (डीएमजीओ)ले शनिबार दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुव पक्षबीच शनिबार साँझ भारतीय समय अनुसार ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच यही १२ मेमा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारत र पाकिस्तान गोली हानाहान गर्न र सैन्य कारबाही रोक्ने विषयमा सहमत भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै जयशंकरले भारत सबै किसिमका आतंकवादको सदैब विपक्षमा रहेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई निरन्तरता दिने जनाएका छन् ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ‘अमेरिकाले गरेको छलफलपछि दुवै देश यसका लागि तयार भएको’ प्रस्ट पारेका थिए । ‘अमेरिकाको समन्वयमा लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु,’ ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन् ।
शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए । गत १२ अप्रिलमा भारतको स्वशासित क्षेत्र काश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाएको थियो । काश्मिरमा घुम्न गएका हिन्दु पर्यटकमाथि छानीछानी हत्या गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए ।
भारतीय प्रहरीले पहलगाममा हमला गर्ने मध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ । आक्रमण गर्न पाकिस्तानले नै आतंककारीहरूलाई सहयोग गरेको आरोप भारतले लगाएको थियो । पाकिस्तानले भने यी आरोप अस्वीकार गरेको थियो । आतंककारी आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय गरेको थियो । आतंकवादीको आक्रमणमा परेर २६ जनाको हत्या गरेको १४ दिनपछि भारतले अपरेसन सिन्दूर नाम दिएर पाकिस्तानको ९ वटा स्थानमा हमला गरेको थियो ।
भारतले जैस–ए–मोहम्मद, हिजबुल मुजाहिद्दीन र लस्कर–ए–तोयबालाई लक्षित गरी हमला गरेको दाबी गरेको छ । आक्रमणमा लस्करका रणनीतिक अभियानमा जोडिएका कमान्डर हाफिज अब्दुल मलिक मारिएको बताएको छ । पाकिस्तानका बहावलपुर, बाघ, मुरिदके, सियालकोट, कोटली, मुजफ्फराबाद, बरनाल, चक अमरु र तेहराकलामा भारतीय सेनाले गरेको हमलामा ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भारतले पाकिस्तानको ९ वटा स्थानमा गरेको हमलाको तेस्रो दिनमा पाकिस्तानले जवाफी हमला गरेपछि प्रत्यक्ष युद्ध सुरु भएको थियो । पाकिस्तानले जवाफमा अपरेसन ‘बुनयान उल मरसूस’ लन्च गरेको छ ।
यसले दुई आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान युद्धको नजिक पुगेका थिए । दक्षिण एसियाली क्षेत्रमा युद्ध भड्किने जोखिम बढेपछि अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको थियो । युद्ध भड्किने संकेत पाएसँगै शनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका सेनाप्रमुख जनरल आसिम मुनीरसँग कुराकानी गरेका थिए ।
भारतका विदेशमन्त्री एस. जयशंकरले मार्को रुबियोसँग भएको कुराकानी’bout आफ्नो एक्स अकाउन्टमा जानकारी दिएका थिए । उनले भनेका थिए, ‘बिहान अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी भयो । भारतको अडान सधै ं संयमित र जिम्मेवार रहेको छ र आगामी दिनमा पनि यस्तै रहनेछ ।’ यसैगरी, अमेरिकाले पनि भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको कुराकानी’bout एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कुराकानी गरे ।
विदेशमन्त्री रुबियोले जोड दिएर भने कि दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने उपायहरू खोज्नुपर्छ ताकि तनाव कम होस् ।’ यसैसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो पनि प्रस्ताव राखे कि अमेरिकाले भविष्यमा कुनै पनि विवादबाट बच्न दुवै देशबीच कुराकानी गराउन सहयोग गर्न सक्छ । यता, अमेरिकाले पाकिस्तानी सेनाप्रमुख आसिम मुनीरसँग भएको कुराकानी’bout पनि विज्ञप्ति जारी गरेको थियो ।
भारतका विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखसँग अमेरिकी विदेशमन्त्रीले छलफल गरेपछि दुई देश युद्धविराम गर्न सहमतिमा पुगेका थिए । वार्ता सकारात्मक भएपछि दुवै देशले एक अर्को देशमा आक्रमण नगर्ने घोषणा गरेका थिए । युद्धविराम गर्नका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले दुवै देश भारत र पाकिस्तानका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका थिए ।
साउदी अरबको विदेश मन्त्रालयले राजकुमार फैसल बिन फरहानले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबिच जारी सैन्य टकराब अन्त्य गर्ने र तनाव कम गर्ने प्रयास’bout छलफल गरेको जानकारी दिएको थिए ।
पाकिस्तानको विदेश मन्त्रालयले साउदी विदेशमन्त्री र इशाक दारबिच भएको वार्ताको ’boutमा पनि जानकारी दिँदै भनेको छ, ‘इशाक डारले हिजो राति भारतीय आक्रमण र पाकिस्तानको बदला लिने कारबाहीपछि क्षेत्रको वर्तमान अवस्था’boutमा जानकारी गराएका छन् । साउदी विदेशमन्त्रीले निर्दो ष जीवनको क्षतिप्रति समवेदना व्यक्त गरे । साथै, पाकिस्तानको संयम र सन्तुलित प्रतिक्रियाको कदर गरेका छन् ।
दुई नेताहरू सम्पर्क कायम राख्न सहमत भएका छन् ।’ दुई देशले युद्धविराम घोषणा गरेसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियाले दुई देशका प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्काविरुद्ध भएका घातक आक्रमणपछि ठूला संघर्षतर्फ उन्मुख भइरहेका बेला युद्धविराममा सहमति जनाउँदै ‘दूरदर्शिता’ देखाएको बताएका छन् ।
‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गर्ने र तटस्थ स्थलमा विविध मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको यो घोषणा गर्न पाउँदा म खुसी छु,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्र ‘थ सोसलमा युद्धविराम घोषणा गरेकै केही मिनेटपछि रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका थिए । रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शहबाज शरिफलाई ‘शान्तिको बाटो रोज्दै देखाएको उनीहरूको बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरेका छन् ।
पाकिस्तानको हवाई क्षेत्र सबै उडानका लागि खुला
पाकिस्तानको विमानस्थल निकाय ‘एपीए’ले देशको हवाई क्षेत्र सबै प्रकारका उडानहरूका निम्ति खुला गरिएको बताएका छन् । एपीएको वक्तव्यका अनुसार देशका सबै विमानस्थलहरू सामान्य उडान तालिकाहरूका लागि उपलब्ध छन् ।
भारत र पाकिस्तानले एक अर्काका वायुसेवा कम्पनीहरूलाई आफ्नो हवाई मार्ग प्रयोग गर्न प्रतिबन्ध लगाएका थिए । सैन्य द्वन्द्व बढेपछि तथा ड्रोन र क्षेप्यास्त्र आक्रमणका घटनाहरू बढेपछि पाकिस्तानले अरू देशका विमानहरूलाई पनि आफ्नो आकाश सकेसम्म प्रयोग नगर्न सुझाव दिएको थियो ।
सम्बन्धित समाचार





