सहकारी पत्रकारितामा नयाँ ऊर्जा थप्दै

काठमाडौं । सहकारी अभियानको सबलीकरण र पत्रकारिताको गुणस्तरीय विस्तारको उद्देश्यले नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा ‘सहकारी पत्रकारिता तालिम’ शुक्रबार र शनिवार भक्तपुरको नगरकोटमा भएको छ ।

दुई दिवसीय यो तालिमले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना पत्रकारलाई सैद्धान्तिक, कानुनी, कार्यान्वयनात्मक तथा व्यावहारिक पक्षमा ज्ञान प्रदान गर्दै सहकारी पत्रकारिताको आयाम फराकिलो बनाउने प्रयास गरेको सीजेएनका अध्यक्ष काजी श्रेष्ठले बताए ।

यो तालिमले पत्रकारहरूलाई सहकारीको वास्तविक प्रकृति, चुनौती, अवसर र यसको सुदृढीकरणमा सञ्चारको भूमिका’bout सशक्त बनाउने प्रयास गरेको उनले बताए ।

सहकारी पत्रकारिता अझ गहिरो, तथ्यपूर्ण र दिगो बन्नु सहकारी अभियानकै हितमा रहेकाले अभियानले यसमा साथ र सहयोग गर्नुपर्ने विचार अभिव्यक्त भएका छन् । यस तालिमले प्रशिक्षित पत्रकारलाई सहकारीसँग सम्बन्धित विषयमा अधिक संवेदनशील, सुसूचित र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।

सहकारी विभागका उपरजिस्ट्रार शशीकुमार लम्सालले पहिलो दिन सहकारीको सैद्धान्तिक, कानुनी पक्ष, विभागीय काम कारबाही र सहकारीमा उठेका जटिल विषयहरू’bout जानकारी दिए । उनले सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्याहरू, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी आयाम र सुधारका प्रयासहरू’bout पनि चर्चा गरे ।

दोस्रो सत्रमा समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले सहकारी पत्रकारिताको सम्भावना, पत्रकारहरूको भूमिका र समसामयिक चुनौती’bout धारणा राखे । उनले भने, ‘सहकारी पत्रकारिता अझ निखारिन आवश्यक छ, जसले नकारात्मक दृष्टिकोणको सट्टा समाधानमुखी सोच पैदा गर्छ ।’

तालिमको दोस्रो दिन नेपाल आर्थिक पत्रकार संघका पूर्व अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र सहकारीसँगको सम्बन्ध’bout प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाईंले राष्ट्र बैंकद्वारा सहकारीमाथि लागु गरिएका निर्देशन, नियमन तथा सुपरीवेक्षण प्रणाली’bout विस्तृत जानकारी दिइन् ।

सीजेएनले हरेक वर्ष यस्तो तालिम आयोजना गर्दै आएको छ । यसले पत्रकारहरूमा सहकारीसम्बन्धी विषयमा विशेषज्ञता बढाउने, सहकारी संस्थाहरूको पारदर्शिता र जबाफदेहितालाई प्रवद्र्धन गर्ने, तथा सहकारी अभियानलाई जनमानसमा विश्वासिलो बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिममा सुरक्षा संयन्त्र तयारी अवस्थामा