किङको तयारीमा शाहरुख, छोरा छोरीलाई उतार्दै

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले यसपटक आफ्नो चलचित्रमा छोरा र छोरीलाई पनि सँगै उतार्ने भएका छन् । पछिल्लो पटक चलचित्र जवान र डंकीमा प्रस्तुत भएका यी अभिनेता यति बेला नयाँ चलचित्र किङको निर्माणसँगै मुख्य भूमिकाको तयारीमा छन् । यो चलचित्रलाई शाहरुखकी पत्नी गौरी खानले निर्माण गर्दै छिन् ।

आफ्नो चलचित्र पठानका निर्देशक सिद्धार्थ आनन्दसँग शाहरुखले यो चलचित्रमा काम गर्नेछन् । किङमा शाहरुखकी छोरी तथा अभिनेत्री सुहाना खानले पनि मुख्य भूमिका निर्वाह गर्दै छिन् । यो चलचित्रमा अभय वर्मा र अभिषेक बच्चन पनि अनुवन्धित भएका छन् । शाहरुखको छोरा आर्यन खान पनि यो चलचित्रमा विशेष भूमिका हुुने बताईएको छ ।

यो चलचित्रको स्क्रिप्ट प्याकपअ भएकाले अब चलचित्र किङ आगामी जुलाईमा फ्लोरमा जानेछ । यस यघि अप्रिलमै छायांकन थालिने भनिए पनि शाहरुख खान यसको स्क्रिप्टबाट पूर्ण रूपमा सन्तुष्ट नभएपछि यसको स्क्रिप्ट पुन लेखन गरिएको हो ।

यस अघि सानो बजेटको चलचित्रमा काम गरेकी सुहाना किङ मार्फत मेघा बजेटको चलचित्रबाट दर्शकमाझ आउँदै छिन् । जसमा शाहरुख र सुहाना बुबा–छोरीको भूमिकामा हुने छन् ।

यो चलचित्रमा शाहरुखले एक हत्याराको भूमिका निर्वाह गर्ने बताइएको छ । जसमा उनकी छोरी सुहाना शिक्षिका हुने छिन् । यसमा अभिषेक खलचरित्रमा हुने छन् । चलचित्रमा दीपिका पादुकोणलाई सुहानाको आमाको भूमिकामा उतार्ने तयारी हुँदैछ । तर शाहरुखको छोरा आर्यनको भूमिका’bout भने खुलाईएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल