पछिल्लो समय नेपालमा केही अवसर छैन भन्ने भाष्य निर्माण गर्दै गर्ने केही तŒव सलबलाएको छ । विकासका गति सुस्त छन् यो मान्न सकिन्छ तर विकासै भएन भनेर जुन भाष्य सिर्जना गर्न खोजिएको छ, त्यो सत्य होइन ।
विकासको गति सुस्त भएको छ । जुन प्रकारले सरकारले पुँजीगत खर्च गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यसमा हामीले निर्मम समीक्षा गर्नुपर्छ । एकाथरिले विदेश जानेहरूलाई देखाएर नेपालमा कोही बस्दैन भनेर भाष्य निर्माण गर्न खोजिरहेका छन् । तर, तिनीहरूले नेपाल आएका व्यक्तिहरू देखेका छैनन् । विदेशमा गएर सिकेको सीप आफ्नो गाउँठाउँमा प्रयोग गरेका कयौं उदाहरण छन् ।
विगत केही वर्षदेखि नेपालले विद्युत्को विकासमा जुन प्रकारले फड्को मारेको छ, त्यो निकै नै सकारात्मक छ । वर्षायामको बिजुली भारतमा मात्रै होइन तेस्रो मुलुकसम्म पुग्नु नेपालजस्तो भूपरिवेष्ठित राज्यका लागि निकै ठूलो कुरा हो ।
लामो प्रयासपछि १७ असोज २०८० मा काठमाडौंमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय ऐतिहासिक सम्झौता भयो । टोकनका रूपमा भए पनि ४० मेगावाट बिजुली बंगलादेश पु¥याउने सो सम्झौता नेपालको ठूलो जित हो ।
विशेषतः छिमेकी राष्ट्र भारतको पूर्वाधार प्रयोग गरेर हामीले पहिलोपटक बंगलादेश बिजुली पु¥यायौं । त्यसमा असल छिमेकी भारतको योगदान निकै उच्च रह्यो । दक्षिण एसियामा नेपाल नै तेस्रो छिमेकीलाई बिजुली प्रदान गर्ने पहिलो देश हो ।
भारतको बजार त हाम्रा लागि खुला नै छ । नेपाल विद्युत् प्राधिकरणले अहिले भारतको ऊर्जा खरिद बिक्री बजार (आईईएक्स)मा ९ सय ४१ मेगावाटसम्म बिजुली बिक्री गर्न पाउँछ । नेपालमा उत्पादन बढ्दै जाँदा भारतले पनि अनुमति बढाउँदै लैजाने जानकारी दिएको छ । आर्थिक २०८१÷८२ को पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको तथ्यांक छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने यसअघि नै घोषणा गरिसक्नुभएको छ । कतिपयले नेपालको बिजुली बजार छैन । उत्पादन गरेर खेर फाल्नुपर्ने अवस्था छ भन्ने भाष्य बनाएको देख्छु । कार्बन न्यूनीकरणतर्फ छिमेकी भारत निरन्तर लागेको छ । प्रत्येक वर्ष कार्बन उत्सर्जनको मात्रा घटाउँदै लानुपर्ने भएका कारण उसलाई नवीकरणीय ऊर्जाको आवश्यकता पर्छ । त्यो ऊर्जाको सबैभन्दा सजिलो र भरपर्दो स्रोत भनेको जलविद्युत् नै हो । भारतलाई नवीकरणीय ऊर्जा अत्यावश्यक पर्ने र नेपालमा प्रशस्त हुन ठूलो अवसर हो । हामीले चाँडो यसमा ध्यान दिएर विद्युत् उत्पादन गरी छिमेकीतर्फ निर्यातको अवसर गुमाउनुहुन्न ।
मैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेसँगै आगामी १० वर्षे रणनीति तयार गरी मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको ‘ऊर्जा विकास मार्गचित्र २०८१’ लागू भएको छ । यसमा आगामी १० वर्षमा कसरी २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र त्यो कहाँ कसरी खपत गर्ने भन्ने गुरुयोजना रहेको छ । जसमा विद्युत् प्राधिकरण, निजी क्षेत्र र विदेशी लगानीमा विद्युत् आयोजना निर्माण हुनेछ । मार्गचित्रअनुसार सन् २०३५ सम्म ४६ दशमलव ५ अर्ब अमेरिकी डलर (६३ खर्ब रुपैयाँ) बराबरको लगानी लाग्ने देखिन्छ ।
मन्त्रिपरिषद्ले मार्गचित्रको स्वीकृत गरेसँगै मुलुकमा धमाधम आयोजनाको काम अघि बढेको छ । यसका लागि ११ चैतको नेपाल विद्युत् प्राधिकरणको बोर्ड सञ्चालक समितिको बैठकबाट ऊर्जा खरिद–बिक्री सम्झौता (पीपीए) खुला ग-यौं । यसबाट निजी क्षेत्र उत्साहित भएर आएसँगै १० वर्षको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूर्ण हुनेतर्फ अघि बढेको देखिन्छ ।
१० वर्षमा उत्पादित बिजुली स्वदेशमा खपत मात्र नभएर भारत र बंगलादेशतर्फ निर्यात सुरु भएकाले लगानीबाट प्रतिफल प्राप्त गर्ने निश्चित छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज वातावरण तयार गर्न मार्गचित्रले सघाउ पुग्छ ।
आयोजनामा स्वदेशीलाई प्राथमिकता दिँदै विदेशी लगानी भिœयाउने सरकारको लक्ष्य छ । ठूला र जलाशययुक्त आयोजनालाई प्राथमिकता साथ अगाडि बढाउने र निजी क्षेत्रलाई पनि सोहीअनुसार लगानी गर्न प्रोत्साहन गराउनेगरी सरकारले नीति लिएको छ । ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवं आमसर्वसाधारणको समेत हिस्सा रहनेछ । त्यसैगरी, वैदेशिक लगानीका अतिरिक्त गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि महŒव दिएर लगानीको वातावरण बनाउने गरी तयारी थालेका छौं ।
सन् २०३० मा १३ हजार मेगावाट र सन् ३०३५ मा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरी त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएका छौं । प्रसारण लाइन निर्माण गर्न सन् २०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९ दशमलव १ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ, त्यसको सुनिश्चितताका लागि प्रयासरत छौं । यसकारण प्रतिपक्षमा रहेका र राजा ल्याउँछु भनेर हिँडेका केही अराजक तŒवले सरकार र गणतन्त्रविरुद्ध निरन्तर गलत भाष्य सिर्जना गर्न खोजेको छ । यसमा हामी सबै जना चनाखो हुनुपर्छ ।






