उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने उपचाररत् सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा. देवकोटाले भने, ‘संक्रमितमध्ये पुरुष ७८ र महिला ३१ जना छन् । उपचाररत् सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ ।’
संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । प्रायः विदेशबाट आएका व्यक्ति संक्रमित छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । शनिबार सात आठा नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय १० पुगेको हो ।
हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना आइसोलेसनमा भर्ना भएका छन् । मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १ हजार ४ सय ८६, प्रदेश २ मा १ हजार ३ सय ५५, बाग्मती प्रदेशमा २ सय ५४, गण्डकी प्रदेशमा ४ सय ६३, प्रदेश ५ मा ५ हजार २ सय २८, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ जना क्वारेन्टाइनमा छन् ।
कोभिड–१९ परीक्षणमा अत्यावश्यक मानिएको आरटी–पीसीआर परीक्षणका लागि ५० हजार कीट मौज्दात छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार पीसीआरको कीट मौज्दात रहेको जनाएको हो ।
कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ । हालसम्म आरटी–पीसीआर प्रविधिमार्फत १६ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले उदयपुर, रौतहट, पर्सा र बारामा ५ हजार ३ सय २० जनाको नमुना संकलनका लागि टोली खटाएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सेनाको संयुक्त टोलीले ती जिल्लामा नमुना संकलन कार्य जारी राखेको बताइएको छ । हालसम्म ४ सय जनाको नमुना संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी