मुम्बर्ई । बलिउड अभिनेत्री सुस्मिता सेनले आमा हुनका लागि विवाह गर्न आवश्यक नभएको बताएकी छन् । सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको पनि यी अभिनेत्रीले बताएकी छन् ।
भारतमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवस (मदर्स डे)का रूपमा मनाउने गरिन्छ । यही अवसरमा यी अभिनेत्रले यस्तो भनाइ व्यक्त गरेकी हुन् ।
एक समयकी ब्रह्माण्ड सुन्दरी सुस्मिता सेनले अझै विवाह गरेकी छैनन् । तर, उनी दुई छोरीकी आमाकी रूपमा परिचित छिन् । उनले दुवै छोरीलाई धर्मपुत्रीको रूपमा ग्रहण गरेकी हुन् । यी दुई छोरीका कारण आफूले विवाह गरेर बच्चा पाएपछि मात्र आमा बनिन्छ भन्ने अवधारणा त्यागेको सुस्मिाताको कथन छ ।
अभिनेत्री सुस्मिताले आफू २५ वर्षकी हुँदा सन २०१० मा धर्मपुत्रीको रूपमा छोरी रेनेलाई ग्रहण गरेकी थिइन् । त्यसको १० वर्षपछि फेरि उनले दोस्रो धर्मपुत्री अलिशालाई ग्रहण गरिन् । यसरी विवाह नै नगरी उनी दुई छोरीको आमाकी रूपमा परिचित छिन् । अहिले उनीहरू नै आफ्नो सहारा भएको र उनीहरूलाई जीवनमा अप्ठेरो नपरोस् भनेरै आफूले विवाह नगरेको पनि यी अभिनेत्रीको कथन छ ।






