मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

काठमाडौँ । आज साँझ ६ बजे बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

बैठक स्थगित गरेर प्रधानमन्त्री ओली सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तयारी गरेको बुझिएको छ ।

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको थियो। तर, बैठक नबसी स्थगित भएपछि सो प्रक्रिया अनिश्चित बनेको छ।

सचिवालयले बैठक किन स्थगित भयो भन्ने’bout स्पष्ट जानकारी नदिएको जनाइएको छ। साथै, बैठक कहिले बस्ने भन्ने मिति र समय पनि तय भएको छैन।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा