इलाममा १४ हजार बढी भूमिसम्बन्धी निवेदन

इलाम । इलाममा तीन पालिकाका चार सय १२ जनालाई धनिपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित बनाउन जग्गा उपलब्ध गराउने गरि तीन पालिकाका चार सय १२ जनालाई पूर्जा वितरण गर्नेकाम अन्तिम चरणमा पुगेको हो ।

तीन पालिकाका चार सय १२ जनालाई धनिपुर्जा वितरणको काम अन्तिम चरणमा

जिल्लाको रोङ गाउँपालिकाका एक सय ५० परिवार, माङ्सेबुङ गाउँपालिकका एक सय १० र माई नगरपालिकाका एक सय ५२ परिवारलाई धनीपुर्जा वितरणको लागि करिब अन्तिम चरणको काम भइरहेको छ ।

जग्गा सम्बन्धि पहिले बनेका आयोग समितिहरुले अपुरो छाडेको काम पुरा गरेर लालपुर्जा वितरणको चरणमा पुगेको भूमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति इलामका अध्यक्ष प्रकाश अधिकारीले बताए । भूमी सम्बन्धि समस्या समाधान गर्न बनेको आयोगले यस अघि बनेका समिति र आयोगहरुले अपुरो छाडेको कामलाई पुरा गर्दै तीन वटा पालिकामा धनिपुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको अधिकारीले बताए ।

‘२०५२ सालमा बनेको आयोगले जग्गा दिने निर्णय गरेपनि अहिले सम्म धनिपुर्जा वितरण हुन सकेको थिएन । भोग चलन सम्बन्धित व्यक्तिको नै भएपनि काम पुरा नहुँदा स्वामित्व कायम भएको थिएन, त्यस्तो जग्गाको धनिपुर्जा दिने निर्णय भएको समितिका विज्ञ सदस्य श्याम खड्गीले बताए । तीन पालकामाा पसर्जा वितरणका लागि हकदावी सम्बन्धी सार्वजनिक सुचना समेत जारी भईसकेको छ । आयोगले इलामका अन्य पालिकाको पनि काम अघि बढाईरहेको छ । जुन पालिकाले चासोका साथ काम गरिरहेका छन उक्त पालिकाको काम छिटो अघि बढेको आयोगको भनाई छ ।

आयोगले भूमीहिनलाई निशुल्क र अव्यवस्थित बसोबास बसेकालाई भने निश्चित राजश्व लिएर जग्गा प्रदान गर्नेछ । सुकुम्बासीलाई आवासको लागि दश आना सम्म जग्गा उपलब्ध गराउने गराउने छ । कृषि प्रयोजनको लागि ६ रोपनीसम्म जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, एकै व्यक्तिले दुवै सुविधा पाउने छैनन् । दुई मध्ये एक प्रकृतिको लागि मात्रै फारम भर्न पाउनेछन् । अव्यवस्थित बसोबास भएकाको हकमा भने आवासको लागि दुई रोपनी र कृषि प्रयोजनको लागि २० रोपनीसम्म जग्गा पाउनेछन् । तर अव्यवस्थित बसोबासको हकमा भने निशुल्क पाउने छैनन् । सरकारले निर्धारण गरेको राजश्व बुझाएर मात्रै उनीहरुलाई जग्गाको स्वामित्व दिइने छ । यसो गर्दा जसको भोग चलन छ जग्गा वितरणमा उसैलाई प्राथामिकता दिने आयोगको तयारी छ ।

इलाममा १४ हजार ९२ भूमिसम्बन्धी निवेदन
अहिलेसम्म जिल्लामा एक सय १६ भूमिहीन दलित, चार सय ९० भूमिहीन सुुकुमबासी र अव्यवस्थित बसोबासमा १३ हजार चार सय ८६ निवेदन दर्ता भएका छन् । यीमध्ये माई नगरपालिकामा २८ भूमिहीन दलित, ८८ भूमिहीन सुकुमबासी, सात हजार तीन सय ६६ अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको छ ।

माङ्सेबुङमा २४ भूमिहीन दलित, दुई सय ३० भूमिहीन सुकुमबासी, दुई हजार तीन सय आठ अव्यस्थित बसोबासीको संख्या दर्ता छ । रोङ गाउँपालिकामा चार भूमिहीन दलित, ६५ भूमिहीन सुकुमबासी, एक हजार सात सय ९१ अव्यवस्थित बसोबासी छन् । सूर्योदय नगरपालिकामा ६० भूमिहीन दलित, एक सय सात भूमिहीन सुकुमबासी, एक हजार नौ सय ६५ अव्यवस्थित बसोबासीको निवेदन छ । अहिलेसम्म माङ्सेबुङ, रोङ, माई, चुलाचुली गाउँपालिका र सूर्योदय नगरपालिकामा मात्र काम थालिएको जिल्लास्थित आयोगका विज्ञ सदस्य श्याम खड्गीले बताए । यसअघि माङ्सेबुङ गाउँपालिकामा भने भूमिहीनलाई निस्सासमेत दिइसकिएको छ । बाँकी पालिकामा पनि क्रमस काम अघि बढ्दै जाने आयोगले जनाएको छ ।

देशैभरबाट १० लाख ९७ हजार दुई सय ९८ भूमिसम्बन्धी निवेदन आयोगमा
देशैभरबाट १० लाख ९७ हजार दुई सय ९८ भूमिसम्बन्धी निवेदन आयोगमा दर्ता रहेका छन । आयोगका जगतबहादुर बस्नेत यसपटक गठन भएको आयोगले अबको तीन वर्षभित्र भूमिसम्बन्धी सबै काम सक्ने कार्यादेश लिएर आएको भन्दै काम अघि बढ्ने बताए । उनले भने, ‘यो पटक गठन भएको आयोग अब विघटन हुन पाउँदैन, बरु आयोगमा रहने पदाधिकारी, कर्मचारीले काम नगरे ती व्यक्ति परिवर्तन हुनसक्छन् तर, आयोग विघटन हुँदैन ।’

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम