एक मञ्च, एकै परिवार तीन पुस्तालाई ‘अवार्ड’

माइतीघर तिम्रो होइन
पराई घर जाऊ
बिदा लिई कहिलेकाही“
जन्मघर आऊ…
… … …
कति बस्छौ ओढी
लाजको घुम्टो
मनमा पलाएका
रहरलाई छोपी…

माथिका दुई गीत नसुन्ने कमै होलान् । विरह होस् वा प्रेमिल, गायक द्वारिकालाल जोशी सबै किसिमका गीतमा ‘फिट’ थिए । उनको स्वरमाधुर्य आजपर्यन्त कालजयी छ ।

जीवनकालमा ९ सयभन्दा बढी गीत गाएका उनै द्वारिकालालका ‘तीन लाल’ र जीवनसंगिनीले गत शनिबार एउटै मञ्चमा ‘अवार्ड’ जिते । सम्भवतः नेपालमा एउटै मञ्चमा तीन पुस्ता पुरस्कृत भएको यो पहिलो अवसर हो ।

‘तेस्रो संसार नेसनल स्टार म्युजिक भिडियो अवार्डस्–२०८२’का क्रममा दिवंगत अग्रज गायक द्वारिकालालपत्नी नगिना जोशीले ‘उत्कृष्ट ड्रेस डिजाइन अवार्ड’ थाप्दैगर्दा नातिनी लोमिला जोशीले ‘नवउत्कृष्ट मोडल अवार्ड’को ट्रफी उचालिन् ।

नेपाल भाषा म्युजिक भिडियो तथा चलचित्रमा परिचित अनुहार भिन्तुना जोशी ‘उत्कृष्ट मोडल महिला (पपुलर)’ घोषित भइन् भने उनकी दिदी गायिका लसता जोशीले ‘उत्कृष्ट गायन महिला (पपुलर)’को उपाधि चुमिन् ।

‘नवउत्कृष्ट मोडल अवार्ड’ पाएकी लोमिला लसताकी छोरी र द्वारिकालाल जोशीकी नातिनी हुन् । ‘हाम्रो परिवारका लागि ऐतिहासिक दिन थियो, यस्तो संयोग कमैको जुर्ने गर्छ,’ गायिका लसताले भनिन्, ‘यो क्षण बुबालाई झन् सम्झिरहेका छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?