गाईघाट दिक्तेल सडकको सुनकोशीमा आठौ पटक लगाइएको अस्थायी बेलीब्रिज खोलिए

उदयपुर । उदयपुर र खोटाङको सदरमुकाम दिक्तेल बीचको सिधा यातायात बन्द भएको छ । उदयपुर र खोटाङ जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा आर्ठौ पटक लगाएको अस्थायी बेलिब्रिज खोलेपछि खोटाङको दिक्तेल र गाईघाट बीचको सिधा यातायात बन्द भएको हो ।

गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटारस्थित सुनकोसी नदिमा जडान गरिएको अस्थायी बेलिब्रिज नदिमा पानीको बहाब बढ्न थालेकोले झिक्न सुरु गरिएको हो ।

सुनकोशीस्थित फोक्सिङटारमा गत पुसमा जडान गरिएको बेलिब्रिज हटाउन सुरु गरिएको हो । गत पुस २९ गतेदेखि सञ्चालनमा ल्याइएको अस्थायी बेलिब्रिज बुधवारदेखि निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

खोटाङलाई पुर्वी शहरसँग जोड्ने छोटो दुरीको सडक खण्डमा पर्ने बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएका हुन । हिउँद भरी सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा विगत नौं वर्ष अघिदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको छ ।

वर्षा याम सुरु भएसँगै फोक्सिङटारको बेलिब्रिज निकाल्ने गरिन्छ । बेलिब्रिजको सामान खोलेर निकाल्न तीन÷चार दिन लाग्ने गाईघाट दिक्तेल सडक योजनाले जनाएको छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज हटाइएपछि गाईघाटबाट दिक्तेल जाने सिधा यातायात ८ महिनाका लागि बन्द भएको छ ।

फोक्सिङटारको बेलिब्रिज निकालेपछि पुर्वी शहर जान–आउनका लागि खोटाङबासीलाई एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नु पर्ने बाध्यता छ । फोक्सिङटारको पक्की पुल सञ्चालनमा आएको २० महिना नपुग्दै गत असोजमा आएको बाढीले पक्की पुल बगाएपछि नदिमा अस्थायी बेलिब्रिज जडान गरि हिउँदमा यातायात सञ्चालन गर्दै आएको थियो । फोक्सिङटारमा पक्की पुल निर्माण भई २०७९ पुस ७ गतेबाट सञ्चालनमा आएको थियो, तर गत २०८१ असोज १२ गते आएको भिषण बाढीले पुल बगाएपछि खोटाङ र उदयपुरको सम्र्पक टुटेको थियो । सम्र्पक टुटेको ४ महिनापछि बेलिब्रिजको मार्फतद्धारा जोडिएको भए पनि नदिमा पानीको बहाब बढेकाले बेलिब्रिज खोलिएको हो ।

खोटाङबासीका लागि फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी शहर जान–आउनका लागि घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नु पर्ने बाध्यता छ । १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको थियो । अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङबासीको भनाई रहेको छ ।

फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुँदै आएको थियो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटका अनुुसार १ करोड २ लाख ९४ हजार ६ सय ७७ रुपैया ७८ पैसामा आर्यन कन्ट्रक्सन मल्टिपरपस प्रा.लि. कटारी नगरपालिका– ३ ले गत २०८१ मंसिर २८ गते सम्झौता गरि २०८२ जेठ पहिलो साता खोल्ने गरि गाईघाट – दिक्तेल सडक योजनासँग सम्झौता गरेको थियो । सोही अनुरुप खोलिएका हुन ।

दिक्तेल–गाईघाट बीचको सीधा यातायात सम्र्पक ८ महिनाका लागि विच्छेद हुने र ४ महिना सञ्चालनमा आउँने गरेको छ । बेलिब्रिज निकालेपछि गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे ३ रुपैयाँदेखि ४ रुपैयाँमा खोटाङ भित्रिने निर्माण सामग्री कटारी हुँदै जयराम घाटबाट भिœयाउँदा प्रतिकिलो ५ रुपैयाँदेखि साँढे ६ रुपैयाँमा भित्रिने ब्यवसायीहरु बताउँछन । फोक्सिङटारमा पक्की पुल बाढीले बगाएपछि खोटाङ जनताको सपता समेत बगाएको बताउँछन । खोटाङको खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयले समेत सहर जाने र उपभोग्य सामान ल्याउने क्रममा फोक्सिङटारको बेलिब्रिज प्रयोग गर्दै आएका थिए ।

सुनकोशी नदिमा पानीको बहाव घटेसँगै हिउँदभर संचालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङ्टारमा ५० मिटर लम्बाइ भएको अस्थायी बेलीब्रिज जडान गरि यातायातका साधान सञ्चालन गर्दै आएको थियो । खोटाङलाई तराईसँग सिधा यातायातको पहुँच पु¥याउन बिगत लामो समय देखि फोक्सिनटारमा बेलिब्रिज जडान हुँदै आएको छ । हिउँदको करिब ४ महिना दुवै जिल्लालाई जोडने गरि बेलिब्रिज जडान हुन्छ ।

गाईघाटबाट दिक्तेल बजार सम्म १३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलीब्रिज संचालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने सिधा र छोटो बाटो खुलेको हो । अस्थायी बेलीब्रिजका कारण उदयपुरबाट खोटाङ सम्म सिधा यातायात सञ्चालन भएको छ ।

बेलीब्रिजले सस्तोमा दैनिक उपभोग्य सामान सिधै पुग्ने गरेको छ । फोक्सिङ्टारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नु पर्ने बाध्यता थियो । खोटाङ र उदयपुरलाई हिउँदको याममा जोड्नका लागि बेलिब्रिजको सहायता लिनु परेको हो । गाईघाट दिक्तेल सडकको उदयपुर खण्डको ५२.५ किलोटिरको दुरीमा बेलिब्रिज निर्माण गरिएको र यसबाट सर्बसाधारणलाई गाईघाटदेखि दिक्तेलसम्मको आवतजावतमा सवारी साधनको प्रयोग गर्न सहज भएको थियो ।

सुनकोसीमा पुल नबल्दा खोटाङ र उदयपुर सिधा यातायात वर्षातको समयमा ठप्प हुने र हिउँदमा बेलीब्रिज पुल जडान भई सञ्चालनपछि सिधा यातायात सञ्चालन हुदै आएकोछ । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य सुरु गरेको गाइघाट–दिक्तेल सडक योजनाले पूर्णता नपाउँदा खोटाङबासीले समस्या भोग्नु परेको हो ।

दिक्तेल हिडेका यात्रुहरु रसुवाघाटस्थित झोलुङ्गे पुल तर्नु पर्र्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा लामो समय देखि हरेक वर्ष करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज जडान गर्दै आएको छ । पूर्वी शहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटा लगायतका निर्माण सामाग्री तथा दैनिक उपभोग्यवस्तु सोही मार्ग भएर खोटाङका बिभिन्न पालिका सम्म पुग्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी