‘डिजिटल कुलत’को यथार्थ कथा चलचित्र ‘झिल्को’

सिन्धुली । वर्तमान नेपाली समाजको चित्रण सहितको सामाजिक चलचित्र झिल्को यतिबेला प्रदर्शनको क्रममा छ । बैशाख १९ गतेदेखि देशभर प्रदर्शन भईरहेको चलचित्र हाल सिन्धुलीका विद्यालयहरुलाई लक्षित गरि प्रदर्शन भईरहेको छ । जेठ ६ गतेदेखि कमलामाई पार्टी प्यालेस सिन्धुलीमाढीमा चलिरहेको चलचित्र प्रदर्शनको तेस्रो दिनमा छ । विहिबारदेखि जिल्लाका विभिन्न विद्यालयमा चलाईँदै छ । सिन्धुलीमाढी र दुधौलीमा विहिबार विद्यालयमै पुगेर प्रदर्शन हुँदैछ ।

विद्यालयका बालबालिका, अविभावक र शिक्षक लक्षित गरि तीनदिनदेखि प्रदर्शन भईरहेको झिल्कोमा मोवाईलको कुलत लागु औषधको कुलत भन्दा पनि खतरनाक छ भन्ने विषयलाई चित्रण गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र मल्टिमिडियाको सहि ढंगबाट प्रयोग नहुँदा समाज र सम्बन्धित पक्षलाई हुने समस्यालाई चलचित्रमा चित्रण गरिएको छ ।

पत्रकारहरु अरुणदेव जोशी, देव व्रत र यादवकुमार भट्टराईको लेखन तथा पत्रकार यादव कुमार भट्टराईको निर्देशन रहेको चलचित्र झिल्कोमा पत्रकार विशाल पोखरेल, बालकलाकार आयुषी ढकाल, भोलाराज सापकोटा, जनवी बस्नेत, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगाएतको अभिनय रहेको छ । चलचित्र झिल्कोमा प्रविधि, इन्टरनेटसँगै मोवाईलको लतले पारेको सामाजिक, मानसिक, शारीरिक असरलाई चित्रण गरिएको छ ।

व्यस्त जीवन, बालबालिकालाई अविभावकले दिने मायामा कमी, सँगै भएर पनि एक्लो हुने र पारिवारिक तथा सामाजिक सम्बन्धहरु टुट्दै गएको समयमा प्रदर्शन भईरहेको चलचित्र झिल्को वास्तवमै समाज जागरणको झिल्को बन्ने देखिन्छ ।

आम मानिस यतिबेला सामाजिक सञ्जाल, मोवाईल र इन्टरनेटको कुलतमा परिरहेका बेला निर्माण भएको चलचित्रले अत्यधिक समस्याका रुपमा रहेको सामाजिक मुद्दालाई उठान गरेको छ । अविभावक नै डिजिटल प्लेटफर्ममा हराउँदा बालबालिकामा पर्ने असरलाई यो चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रका अभिनेता विशाल पोखरेलको शब्दमा भन्दा ९४ मिनेटको कथाले ७ दिनको एन्टीवायोटिकले भन्दा बढी मोवाईल लत छुटाउन मानसिक रुपमै तयार गर्ने औषधीको काम गरेको पाईएको छ ।

मल्टिमिडिया सञ्चालक (पत्रकार) को कथालाई समेटिएको झिल्कोमा पत्रकारिता क्षेत्रमा रहेको आर्थिक संकट, श्रमजीवि पत्रकारको आर्थिक तथा पेशागत सुरक्षाको सवाललाई समेत मसिनो ढंगबाट केलाईएको छ । चलचित्रमा पत्रकारले भ्यूजका लागि विषयवस्तुलाई बंग्याउने, अतिरञ्जित गर्ने र समाचारलाई वार्गेनिङको विषय बनाउने गरेका पछिल्ला केहि घटनाक्रमलाई समेत चलचित्रमा चित्रण गरिएको छ ।

झिल्कोमा डिजिटल प्लेटफर्म सामाजिक सञ्जालबाट हुने ठगी र त्यसले परिवारमा ल्याउने बेमेललाई समेत देखाईएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका कतिपय सामग्रीले प्रहरी अनुसन्धानमा समेत प्रभाव पार्ने विषयलाई फिल्ममा छोइएको छ ।

पछिल्लो समयमा समाजमा भाईरल हुने नाममा हुने सामाजिक अभियन्ताको अभिनय, भाईरल हुन गरिने युटुव (मल्टिमिडिया) को प्रयोगलाई समेत देखाईएको छ । अभियन्ताको नाममा घटनाको गहिराईमा नपुगि बनाईने धारणा र सामाजिक हस्तक्षेपले परिवार र समाजमा पर्ने असरका ’boutमा प्रस्ट गरिएको छ ।

विशेष गरी महिला अधिकारकर्मीको भूमिकामा रहेकी जानवी वस्नेतको अभिनयले यस कथालाई थप प्रभावकारी बनाएको छ । अधिकारकर्मीहरुको एकपक्षीय दृष्टिकोण र भूमिकाले अर्को पक्षलाई अन्याय गर्न सक्छ भन्ने कुरा योे भूमिकामा उल्लेख छ । चलचित्रमा बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले गरेको पारिवारिक विखण्डनलाई अति प्रभावकारी ढंगले प्रस्तुत गरिएको पाईन्छ ।

बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठूलो भूमिका खेलेको छ ।

अत्यन्तै आवश्यक र महत्वपूर्ण समयमा बनेको ‘झिल्को’ ले एउटा परिवार र स्कुलको कथा जस्तो देखिए पनि बालबालिका, अविभावक, शिक्षक, मनोचिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा मोवाईलको लतमा रहेका सबैको भूमिकालाई महत्वपूर्ण ढंगले उठाएको छ ।

हरेक व्यक्तिको लागि सिकाई र आत्म महसुस गर्ने सामाजिक विषय भएकाले यो चलचित्रले ठूलो आवाजमा सामाजिक मुद्दालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । डिजिटल युगमा मोवाईल, इन्टरनेट र सामाजिक सञ्जालले हाम्रो जीवनशैलीलाई मात्र नभई मानसिक स्वास्थ्यलाई समेत गहिरो प्रभाव पारेको छ भन्ने विषयलाई चिर्न र हामीले चलाईरहेको मोवाईल कति खतरनाक छ ? भनि देखाईएको यो चलचित्र सबैले हेर्न लायक छ ।

चलचित्रको मुख्य भूमिकामा बाल कलाकार आयुषी ढकाल, पत्रकार विशाल पोखरेल र वर्षा सिवाकोटी रहेका छन । उनीहरुको भूमिकाले सिंगो समाजको कथा बोलेको छ । अभिनय जीवन्त र प्रभावकारी देखिएको छ । चलचित्रमा पारिवारीक माया र मेलमिलापले कुलतमा फसेकाहरु पनि फिर्न सक्छन भन्ने सन्देश समेत दिईएको छ ।

परिवारका सबै सदस्यले हेर्नैपर्ने कथा छ झिल्कोमा । बालबालिकाले फिल्म बढी रुचाईरहेको फिल्मका निर्देशक यादव कुमार भट्राईले बताएका छन । बालबालिकाले ९४ मिनेटको फिल्म हेरेपछि मोवाईल नहेर्ने प्रण गरेको चलचित्रका अभिनेता विशाल पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित