ओछ्यानमा मृत भेटिए बलिउड अभिनेता मुकुल देव

मुम्बई । बलिउड अभिनेता मुकुल देवको ५४ वर्षको उमेर निधन भएको छ । शुक्रवार राती सुतेका उनी शनिवार मृत अवस्थामा नयाँ दिल्ली स्थित घरको ओछ्यानमा भेटिएका थिए । समाचार एजेन्सी आईएएनएसका अनुसार उनको शवलाई पोस्ट मर्टमको लागि शनिवार पठाइएको छ ।

उनको मृत्युको ’boutमा थाहा पाउने बित्तिकै बलिउडकर्मीहरूले शनिवार शोक व्यक्त गरे । मिडिया रिपोर्टका अनुसार बलिउड सेलिब्रेटी तथा मुकुलका साथीहरू उनको अन्तिम दर्शनको लागि शनिवार बिहान उनको घर पुगेका थिए । यद्यपि, अभिनेताको मृत्युको कारण अझै थाहा हुन सकेको छैन । उनका दाइ तथा बलिउड अभिनेता राहुल देवले पोस्ट मर्टम पछि मात्र मृत्युको कारण थाहा हुने बताएका छन् ।

पत्नी शिल्पा देवसँग सम्बन्ध विच्छेद भएपछि मुकुल देव एक्लै घरमा बस्दै आएका थिए । उनका साथी अभिनेता दाह्रा सिंहका अनुसार छोरी र पत्नीलाई उनले धेरै नै माया गर्थे । छोरी लिएर घरबाट हिँडेकी पत्नीले सम्बन्ध विच्छेद गरेपछि उनले अर्को विवाह गर्ने चाहना समेत देखाएका थिएनन् ।

दिल्लीमा जन्मेका मुकुल देवले कक्षा ८ मा पढ्दै गर्दा मनोरञ्जन उद्योगमा प्रवेश गरेका थिए । भारतीय सरकारी टेलिभिजन दूरदर्शनले आयोजना गरेको नृत्य कार्यक्रमको लागि माइकल ज्याक्सनको नक्कल गरेर उनले आफ्नो पहिलो पारिश्रमिक लिएका थिए । पेसाले अभिनेतासँगै मुकुल देव इन्दिरा गान्धी राष्ट्रिय उड्डयन एकेडेमीबाट तालिम प्राप्त पाइलट थिए भने उनी त्यहाँका प्रशिक्षक पनि थिए ।

मुकुल देवले १९९६ मा टिभी सिरियल मुमकिनबाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले दूरदर्शनको कमेडी बलिउड काउन्टडाउन शो ’एक से बढकर एक’ मा पनि अभिनय गरे । हालसम्म उनले तीन दर्जन टेली सिरियल तथा वेभ सिरिजमा पनि शीर्ष भूमिका निभाई सकेका थिए ।

फियर फ्याक्टर इन्डिया, सिजन १ का कार्यक्रम प्रस्तोता मुकुलले अभिनेताको रूपमा बलिउड उद्योगमा चलचित्र ‘दस्तक’बाट यात्रा सुरु गरेका थिए । जसमा उनीसँगै मिस युनिभर्स सुष्मिता सेनले डेब्यु गरेकी थिईन् । बजुद, हिम्मतवाला, कोयला, मेरा दो रतन, कोहराम, इत्तफाक, मुझे मेरी बिबीसे बचाओ, थर्ड आई, बाज, जल सहित बलिउड, पन्जाबी र दक्षिण भारतका तीन दर्जन चलचित्रमा अभिनेताको रूपमा मुकुलले काम गरेका थिए । मुकुल देवको सन अफ सरदार, आर…राजकुमार, जय हो सहित थुप्रै चर्चित चलचित्रहरू छन् । मुकुल देवको पछिल्लो हिन्दी चलचित्र ‘एन्ट द एन्ड’ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी