पीएसजी नछाड्ने काभनीको मनसाय

पेरिस । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका स्टार फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मै सम्झौता लम्ब्याउने चाहना रहेको बताएका छन् । पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको मड्रिडमा जाने चर्चा चले पनि काभनीले पीएजसीमै बसाइ लम्ब्याउन चाहेका हुन् । काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने पनि चर्चा चलेको थियो ।

काभनीको सम्झौता यसै समरसँगै सकिँदै छ । तर, एल इक्विपका अनुसार जनवरीमा टोलीसँगै समावेश भएपछि काभनीको मन परिवर्तन भएको र पीएसजीमै सम्झौता लम्ब्याएर बस्ने मनसाय बनाएको देखिन्छ । पीएसजीका निर्देशक लियोनार्दाेले कोरोना महामारीको कारण आर्थिक मन्दीलाई ध्यानमा राखेर काभनीलाई टोलीमै राख्ने योजना बनाइरहेको छ । क्लबले आर्थिक संकटलाई ध्यानमा राखेर आउँदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चने योजना बनाएको छैन । इन्टर मिलानबाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई स्थायी रूपमा अनुबन्ध गर्नुभन्दा पीएजसीले काभनीको सम्झौता लम्ब्याउँदै ६० मिलियन पाउन्ड बचाउन सक्नेछ ।

काभनीले यो सिजन पीएसजीका लागि २२ खेलमा ७ गोल गर्नुका साथै तीन असिस्ट दिएका छन् । २०१३ को सिजनदेखि पीएजसीमा रहेका ३३ वर्षे काभनीले पीएसजीका लागि ३ सय खेलमा २ सय गोल गरेका छन् । कोरोना महामारीको कारण फ्रेन्च लिग वान रद्द भइसकेको छ । फ्रान्स सरकारले नै आगामी सेप्टेम्बरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग आयोजकले दुई साताअघि शीर्षस्थानमा रहेको पीएसजीलाई लिग वानको च्याम्पियन घोषणा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)