एकै दिन ५ सय भन्दा बढीले पाए निःशुल्क उपचार

संखुवासभा । संखुृवासभाको धर्मदेवी नगरपालिकामा नेपाल–भारत मैत्री संघको केन्द्रिय कार्यांलयले आईतवार आयोजना गरेको निःशुल्क पाठेघर र स्तनक्यान्सर स्वास्थ्य शिविरमा एकै दिन ५ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।

भक्तपुर क्यान्सर अस्पतालको विज्ञ समुहको प्राविधीक सहयोग तथा धर्मदेवी नगरपालिकाको समन्वयमा वडा नं.३ को कार्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७५ जना महिलाको स्वास्थ्य परिक्षण, प्रारम्भीक उपचार र निःशुल्क औषधी सहित उक्त रोगबाट बच्ने उपाय’bout आवश्यक सचेतना समेत प्रदान गरिएको नेपाल–भारत मैत्री संघले जनाएको छ ।

सप्तरी जिल्ला निवासी संघका केन्द्रिय अध्यक्ष शैलेन्द्र मोहन झाले आर्थिक अवस्था कमजोर भएका तथा लोकलाजका कारण पनि रोग लुकाउने अवस्थामा रहेका महिलाहरुलाई लक्षित गरी यस्तो शिविर आयोजना गरिएको बताए ।

उनले यस्तो शिविर क्रमिकरुपमा देशका अन्य जिल्लामा समेत संचालन गर्ने योजना रहेको सुनाए । धर्मदेवी नगरपालिकाका मेयर उदय चन्द्र पौडेलको अध्यक्षता तथा नेपाल–भारत मैत्री संघका केन्द्रिय अध्यक्ष झाको प्रमुख आतिथ्यमा उदघाटन गरीएको शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्जवल चालिसेको नेतृत्वमा २५ सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको शिविरका आयोजक नेपाल भारत मैत्री संघले जनाएको छ ।

सो अवसरमा संघका कोषाध्यक्ष अरुण कुमार सिह, केन्द्रीय सह प्रमुख सल्लाहकार लोकन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य खडक बहादुर थापा, भक्तपुर क्यान्सर अस्पतालका परार्मशदाता प्रमोद एजु ढकाल समेतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा ३ जना पक्राउ