कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक दिदी र भाइको ज्यान गएको छ। आइतबार साँझ जयनगरमा भएको उक्त घटनामा १८ वर्षीया सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार, सोनमको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको थियो भने शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै ज्यान गयो। उनीहरू दुवै नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी थिए।
विद्यालयका प्रधानाध्यापक लालचन्द पाण्डेयले दिएको जानकारीअनुसार, सोनम कक्षा १० मा अध्ययनरत थिइन्। घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयले आज (सोमबार) शोक बिदा घोषणा गरेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।
प्रहरीले घटना’bout थप अनुसन्धान भइरहेको जनाएको छ।