स्थापना दिवशको अवसरमा प्रेस युनियनद्वारा विरामीलाई फलफुल वितरण

मुगु । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा मुगु जिल्ला अस्पतालका विरामीहरुलार्इ फलफुल वितरण गरिएको छ ।

युनियनको ३४ औं स्थापना दिवशको अवशरमा मंगलबार देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरी युनियनकर्मीहरुले स्थापना दिवश मनाइ रहँदा मुगुमा प्रेस युनियनले जिल्ला अस्पतालमा उपचारत विरामीहरुलार्इ फलफुल वितरण गरेको हो ।

जिल्ला अस्पतालमा उपचारमा रहेका २६ जना विरामीलाई प्रेस युनियन मुगुका अध्यक्ष नन्द बहादुर रोकाया,प्रेस युनियन मुगुका सस्थापक तथा पत्रकार महासङ्ग मुगुका सस्थापक अध्यक्ष विनोदकुमार मल्ल,पत्रकार महासङ्ग मुगुका अध्यक्ष अचुत राज भण्डारी,अस्पताल व्यवस्थापन समिती मुगुका अध्यक्ष गजेन्द्र बहादुर मल्ल र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त प्रमुख दिपेन्द्र शाहिले फलफुल वितरण गरेका थिए ।

स्थापना दिवस कै अवशर पारेर प्रेस युनियन आवद्ध तथा जिल्लामा क्रियाशील २ दर्जन पत्रकारहरुको जिल्ला अस्पताल मुगुमा निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो । पत्रकारहरुको स्वास्थ्य परिक्षण चिकित्सक अर्जुन भामले गरेका थिए ।

फलफुल वितरण र स्वास्थ्य परिक्षण पछि सन्चालित कार्यक्रममा बोल्नु हुँदै अस्पताल व्यवस्थान समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले यस्ता खालका कार्यक्रमले विरामिलाइ सान्तोना प्राप्त भइ मनोबल बढने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम