इन्डोर आर्चरीमा घरेलु टिम गण्डकीलाई ४ स्वर्ण

पोखरा । राजधानीबाहिर पहिलोपल्ट पोखरामा भएको आर्चरीको राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ । सातौं संस्करणको सो प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा २ दिनसम्म चलेको थियो ।

कुल १० इभेन्टमा भएको प्रतियोगितामा घरलु टिम गण्डकीले ४ इभेन्टमा स्वर्ण जित्न सफल भएको छ । विभागीय नेपाल पुलिसले ४, त्रिभुवन आर्मी र एपिएफले १–१ स्वर्ण जिते । गण्डकीले कम्पाउण्ड महिला, स्ट्याण्डर्ड महिला सिंगल, स्ट्याण्डर्ड मिक्स, स्ट्याण्डर्ड पुरुष गरी स्वर्ण जितेको हो । यस्तै, ३ इभेन्टमा ३ रजत जितेको छ ।

कम्पाउण्ड पुरुष एकलतर्फ एपिएफका मीन गौचनले स्वर्ण जिते । गण्डकीका सुमन गुरुङले रजत र आर्मीका पवन राईले कास्य जितेको प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

कम्पाउण्ड महिला एकलतर्फ गण्डकीकी मोनिका रानामगरले स्वर्ण जितिन् । एपिएफकी पार्षदा आचार्य र एपिएफकी निर्मला काङबुङले क्रमशः रजत र कास्य हात पारे ।

स्टाण्डर्ड मेल टिम इभेन्ट्समा गण्डकीले स्वर्ण जित्यो । पुलिसले र एपिएफले क्रमशः रजत र कास्य हात पारे । रिकर्भ मेल टिमतर्फ आर्मीले स्वर्ण जित्दा गण्डकीको (ए) टिमले रजत र गण्डकीकै (बि) टिमले कास्य जिते ।

स्टाण्डर्ड मिक्स टिमतर्फ गण्डकी, आर्मी र पुलिसले क्रमशः स्वर्ण, रजत र कास्य जिते । रिकर्भ मिक्स इभेन्टतर्फ पुलिसले स्वर्ण जित्दा आर्मीले रजत र घरेलु टिम गण्डकी (ए) ले कास्य जित्यो ।

रिकर्भ महिला एकलतर्फ नेपाल पुलिसकै आइसा तामाङले स्वर्ण जित्न सफल भइन् । त्यस्तै, आर्मीकी मित्रा राईले रजत र मञ्जु बजगाईंले कास्य हात पारे ।

रिकर्भ पुरुष एकलतर्फ पुलिसका तिलक पुनले स्वर्ण जिते । आर्मीका रोशन नगरकोटीले रजत र पुलिसका पवन राईले कास्य जिते ।

स्टाण्डर्ड महिला इन्डिभिजुअलमा गण्डकी सबै पदक जित्न सफल भयो । गण्डकी (ए) का तर्फबाट रीना तामाङले स्वर्ण जित्दा स्नेहा केसीले रजत र गण्डकी (बि) की डा. नीता केसीले कास्य पदक जितिन् । नीता र स्नेहा आमाछोरी हुन् ।

स्टाण्डर्ड पुरुष इन्डिभिजुअलतर्फ पुलिसका निकेश देशारले स्वर्ण पदक हात पारेका छन् । गण्डकी (ए) का मोहन घर्तीमगरले रजत र आर्मीका वसन्तराज काफ्लेल कास्य पदक जिते ।

प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७ टिमका ७० जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला खेलाडी २२ र पुरुष ४८ जना हुन् ।

राखेप र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एकसे एक खेलाडीले बो र एरो समात्दा दृश्य निकै सुन्दर देखिएको थियो ।

विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल आर्चरी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं कास्कीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङ, वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचन, अन्नपूर्ण आर्चरी क्लबका पूर्व अध्यक्ष मीनबहादुर शेरचन, कास्की जिल्ला आर्चरी संघ अध्यक्ष बसन्त गौचन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्थामगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

शुक्रबार प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आर्थिक सहयोगको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

साउदी र यूएईमा पनि चर्को घाममा काममा लगाउन निषेध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा