सर्वोच्च अदालतमा रिक्त न्यायाधीश ४, सिफारिस ३ जनाको मात्रै

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् । मंगलबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएका पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन् । उनी कम्पनी तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन् ।

यसपटक एमालेको कोटाबाट एक जना न्यायाधीश हुने कानुन व्यवसायीको नाम टुंगो नलागेपछि खाली राखेर बाँकी तीन जना सिफारिस गरिएको हो । पहिलो नम्बरमा सिफारिस भएका पोखरेल भने कांग्रेसको कोटामा परेका हुन् ।

उनी यसअघि कांग्रेसनिकट कानुन व्यवसायीकै समूहबाट सर्वोच्च बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए ।

सर्वोच्च अदालतमा चार जना न्यायाधीशको पद रिक्त छ । तर, एउटा सिट खाली राखेर तीन जना मात्र सिफारिस गरिएको छ । जबकि, संविधान र कानुनले पद रिक्त राख्ने छुट दिएको छैन । कुनै न्यायाधीश नियमित अवकाशमा गएर पद रिक्त हुँदै छ भने एक महिनाअगावै पदपूर्तिको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै, अपर्झट कुनै कारणले न्यायाधीश पद रिक्त हुन गएमा त्यसको एक महिनाभित्र नयाँ नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ । परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता जो आफूले आफैंलाई मतदान गर्न पाउँदैनन्