महिला संघमा पुनः लीला

राजविराज । नेपाली कांग्रेस निकटको नेपाल महिला संघ सप्तरी क्षेत्र नं २ को क्षेत्रीय अध्यक्षमा पुनः लीला यादव चुनिएकी छिन् ।

संघको सोमवार साँझसम्म चलेको चौथो संसदीय क्षेत्रीय अधिवेशनको बन्द सत्रले लीलाको नेतृत्वमा २७ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । लीला यसअघि पनि उक्त क्षेत्रको अध्यक्ष थिइन् ।

नवनिर्वाचित समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस अघि लिला कै अध्यक्षतामा भएको अधिवेशन उदघाटन समाहरोमा प्रमुख अतिथी नेपाली काँग्रेस मधेश प्रदेशकी सहमहामन्त्री विन्दु कुमारी यादव, पुर्व प्रदेश साँसद गिता यादव, जिल्ला उपसभापती राम कुमार यादव, सचिव सनत मण्डल, मधेश प्रदेश समिती सदस्य प्रभात कुमार ललन, नितु झा, क्षेत्रीय सभापती महेन्द्र यादव, राजविराज नगर समितिका उपसभापती अनिल यादव, नगर सदस्य रमानन्द देव, नेपाली काँग्रेसको तर्फबाट राजविराज नगरपालिकाको अघिल्लो चुनावमा उपमेयर पदका प्रत्यासी सुशीला यादव, महिला नेतृ ज्ञानु भट्टराई, शान्ति चौधरी, मालती चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज माझी लगायतले शुभकामना दिएका थिए ।

सो क्रममा पार्टीका अधिकाँश नेताले अगामी निर्वाचनमा बहुमत प्राप्त गर्न र जनताको विकासको चाहना पुरा गर्न नेता÷कार्यकर्तालाई एक जुट हुनु पर्नेमा जोड दिएका थिए ।

निर्विरोध चयन भएपछि संचारकर्मीहरु सीत कुरा गर्दै अध्यक्ष लीलाले अघिल्लो कार्यकालको अनुभवको प्रयोग गर्दै महिला संघलाई अझ बलियो बनाउने योजना रहेको प्रतिक्रिया दिइन । यस अघि सप्तरीको प्रदेश सभा २ को “क”मा नितु झा, प्रदेश सभा २ को “ख”मा प्रदेश सांसद निलम रजक तथा राजविराज नगर समितिमा देवरानी दासको नेतृत्वमा २७ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी