राजविराजका निलम्बित मेयर र योजना अधिकृतसहित २ दर्जनविरुद्ध किटानी जाहेरी

राजविराज । गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ ।

एउटा जाहेरी राजविराज नगरपालिकाका तर्फबाट कार्यवाहक मेयर इसरत परविन तथा अर्को जाहेरी राजविराज २ का सजात अलीले बुझाएका छन् ।

राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, योजना अधिकृत मनोज यादव, राजविराज नगरपालिका ९ का सुधिर यादव, राजविराज १३ का गजेन्द्र यादवसहित दुई दर्जन व्यक्तिलाई विपक्षि बनाई कार्यवाहक मेयर इसरत परविनद्वारा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई बुझाइएको जाहेरीमा नगरपालिकाको सार्वजनिक भौतिक संचरनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधिक उपद्र तर्फ कारवाही चलाउन माग गरिएको छ ।

निलम्बित मेयर यादवपक्षले नगरपालिकामा तालाबन्दी गरि कामकाज अवरुद्ध गरेपछी प्रशासन समेतको छलफलबाट २७ गते ताला खोल्ने क्रममा विपक्षिहरुको समूहले नगरपालिकामा व्यापक तोडफोड र लेखाअधिकृत शत्रुधनलाल दास, सहरी स्वास्थ्य क्लिनिकका इन्जार्च सन्तोष दास लगायतलाई कुटपिटका साथै लेखाअधिकृत दासको दुई तोलाको सुनको सिक्रि समेत लुछेर लगेको जाहेरीमा उल्लेख छ ।

तोडफोड र कुटपिट गर्दै गरेको दृश्यसहितको पेनड्राइभ समेत प्रमाणका रुपमा बुझाउदै जाहेरी मार्फत उनीहरुमाथी कडा कारवाही र क्षतिपूर्तीको माग गरिएको छ । उक्त जाहेरीको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, मानवअधिकार आयोग, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, निजामति कर्मचारी संघ केन्द्रिय कार्यालय, जिल्ला प्रशसन कार्यालय र पत्रकार महासंघ शाखा सप्तरीलाई समेत दिइएको छ ।

कर्मचारीमाथी कुटपिट भएपछी नगरपालिकाको काम बहिष्कार गरि विगत पाँच दिनदेखी धर्नामा बसेका कर्मचारीहरु समेत कार्यवाहक मेयर परविनसँगै जाहेरी पत्र बुझाउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जाहेरी बुझाएपछी उनीहरु पुनः धर्नामा बसेका छन् ।

यसैगरी जेठ २७ गते भएको घटनामा कार्यवाहक मेयर परविन पक्षको मान्छे हो भन्दै आफूलाई मारेर फाल्न भन्दै निलम्बित मेयर यादवले आदेश दिएको र त्यसपछी योजना अधिकृत मनोज यादव, राजविराज ९ का सुधिर यादव र राजविराज १३ का गजेन्द्र यादव लगायतले मरनासन्न हुने गरि कुटेको भन्दै ज्यान मार्ने उद्योग गरेको आरोपसहित राजविराज नगरपालिका २ निवासी सजात अलीले अर्को जाहेरी दिएका छन् ।

घटनास्थल बाहिर आफू उभिरहेको समयमा उक्त समूहले निर्घात कुटपिट गरेको र प्रहरीको सहयोगले बल्ल ज्यान बचेको भन्दै दोषीमाथी उनले ज्यान मार्ने उद्योग तथा क्षतिपूर्तिको माग गरेका छन् । उनले पनि कुटपिट गर्दै गरेको दृश्य पेन डा«इभमार्फत प्रमाणका रुपमा बुझाएका छन् ।

जाहेरी बुझ्दै प्रहरी उपरिक्षक खतिवडाले प्रमुख जिल्ला अधिकारीसँग समेत सल्लाह गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्