प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रद्द

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री सांसद प्रश्नोत्तर कार्यक्रम रद्द गरिएको छ । आज विहान ११ बजेका लागि निर्धारण गरिएको प्रश्नोत्तर कार्यक्रम रास्वपा र राप्रपा सांसदहरुको अवरोधका कारण रद्द गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरे । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्न नदिएका रास्वपा र राप्रपाले अन्ततः संसद बैठक बहिस्कार गरेका हुन् । यसअघि राप्रपाले मात्रै संसद बहिस्कार गरेकोमा यो पटक रास्वपाले पनि बैठक बहिस्कार गरेर बाहिरिएको हो ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो ’boutमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद अबरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सो माग सम्बोधन नभए पछि रास्वपा र राप्रपाको बिरोधका बिचमा बजेट र बिनियोजन बिधेयक माथी छलफल जारी राखे पछि उनीहरू नाराबाजी गर्दै बैठक स्थलवाट बाहिरिएका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती