पोखरा । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो ।
जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिएका छन् । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेमप्रसाद शर्माले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुद र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकुल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे ।
कार्यक्रम नेपाली काँग्रेस कास्कीका उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले संचालन गरेका थिए ।