पेसी मिति नजिकिएसँगै खबरदारी र्‍याली (फोटोफिचर)

काठमाडौंका नदी र खोला किनार क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलापछि आफूजस्ता दसौं हजार घरपरिवार सुकुम्बासी बन्ने अवस्था आएको भन्दै लामो समयदेखि आन्दोलित छन् खोला किनारका वासिन्दा ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले काठमाडौं उपत्यकाका मुख्य नदी र खोला किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो । यसको पूर्ण पाठ सार्वजनिक भएपछि काठमाडौंमा तरंग पैदा भइरहेको छ । यो फैसलाविरुद्ध सरकार गत ३१ वैशाखमा पुनरावलोकनमा गएको थियो ।

यही असार १२ गते सर्वोच्च अदालतले यो विषयमा पेसी तोकेको छ । पेसीको समय नजिकिँदै जाँदा खोलाकिनारका वासिन्दा फेरि तातिएका छ् । यसैक्रममा शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ को सिमाना साप्रेढुंगा पुलमा भेला भएर कालीमाटीसम्म खबरदारीस्वरुप साइकल र मोटरसाइकल र्‍याली निकालिएको छ ।
तस्बिर : द्वारिका काफ्ले

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा