नेपाली काँग्रेसको महाधिवेशन सार्ने बहानाबाजी भइरहेको छः वरिष्ठ नेता कोइराला

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी १५ औँ महाधिवेशन समयमै गर्नको लागि नेतृत्वलाई सोध्नुपर्ने बेला आएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ तनहुँको आयोजनामा प्रजातन्त्र सेनानी आवाज स्मारिका विमोचन कार्यक्रममा उनले सो भनाइ व्यक्त गरेका हुन् । ‘क्रियाशील सदस्यताको बहाना बनाउँदै १५ औँ महाधिवेशन पछाडि धकेल्न खोजिएको छ’ उनले भने ।

कोइरालाले कर्मचारीहरूका लागि कुलिङ पिरियड जसरी भए पनि कार्यान्वयन गरेर छाडिने बताए । विदेशमा समेत कुलिङ पिरियडको अभ्यास रहेको कारण नेपालमा पनि कुलिङ पिरियड राख्नुपर्ने नेता कोइरालाको भनाई थियो । क्रियाशील सदस्यको विषयलाई लिएर पार्टीको महाधिवेशन समेत सार्ने प्रयास भएको कारण कार्यकर्ता एवं नेताले समयमै अधिवेशन गर्नको लागि आवाज उठाउनुपर्ने उनको भनाई थियो । वर्तमान सरकारले सात बुँदे सम्झौता अनुसार काम नगरेको समेत कोइरालाको भनाई थियो ।

उनले आफूले अवसर पाएको खण्डमा सुशासन समेत कायम गर्ने सामर्थ्य रहेको समेत दाबी गरे । कार्यक्रममा प्रजातन्त्र सेनानी सम्मान समेत गरिएको थियो । प्रजातन्त्र सेनानी सङ्घ तनहुँ अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री दीपक गिरी, शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, गोविन्द भट्टराई लगायतले प्रजातन्त्र सेनानी सङ्घको पार्टीमा विशेष भूमिका रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द