सबै पास रद्ध, सरकारी र वित्तीय क्षेत्रका कर्मचारीलाई छुट्टै पास

काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का संक्रमित नेपालमा बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ ।
सरकारले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ ।
सरकारी कर्मचारी तथा बैंक वित्तिय संस्थाका कर्मचारीले पनि परिचयको अलवा छुट्टै पास बोक्नुपर्ने नियम लागू भएको छ । सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक र वित्तीय संस्था लगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास अनिवार्य गरिने भएको हो । उनीहरुलाई नियामक निकायबाट जारी पास बोकेर मात्र हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
यसअघि सरकारी तथा बैंक वित्तिय क्षेत्रका कर्मचारीले आफ्नो कार्यालयको पासका आधारमा आवतजावत गर्दै आएका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले कोरोनाको संक्रमण नफैलियोस् भनेर यस्तो निर्णय गरिएको जानकारी दिए । ‘कतिपयले कतै कोरोना फैलियो भनेपछि अर्को जिल्ला जाने, त्यहाँ केही भए अर्को जिल्ला जाने गरेको देखियो, कोरोना संक्रमण रोकथामका लागि यो निर्णय गरिएको हो ।’ उनले राजधानीसँग भने ।
गृह मन्त्रालयले मंगलबार अस्थायी पास खारेज गर्ने निर्णय गर्दै मातहतका निकायलाई बिहीबारबाट कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।
उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाका तीन जिल्लामा आवत जावत गर्न मिले पनि उपत्यका बाहिर जान भने नपाइने गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित जिल्लाभित्र आवत जावतका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक निर्णय लिन सक्ने बताइएको छ । सरकारले गत ११ चैतदेखि लकडाउन जारी गरेपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सवारी चलाउन असंख्य रुपमा पास जारी भएका छन् ।
पत्रकारका लागि सूचना विभागको पास अनिवार्य गरिएको । पत्रकारले यसअघि संस्थाको पासका आधारमा पनि हिडडुल गर्न पाउदै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा