अस्ट्रेलियामा छायांकन गरिएको पिआरको टिजर

काठमाडौं । निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा छायांकन गरेको नेपाली चलचित्र ‘पीआर’ को बिहीबार काठमाडौँमा एक समारोहबिच टिजर सार्वजनिक गरेका छन् ।

यो चलचित्रको टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष उनीहरूको भोग्ने गरेको समस्यालाई उठान गरिएको छ । यसमा उनीहरूको नेपालमा रहेका परिवारको पीडा पनि प्रस्तुत छ । त्यहाँ पिआर प्राप्त गर्नको लागि उनीहरुको मुख्य संघर्ष यसमा रहेको निर्देशक बस्नेतले बताएका छन् ।

यो चलचित्रमा अस्ट्रेलियामै रहेका नेपाली कलाकारहरूले अभिनय गरेका छन् । जसमा आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । नेपालमा केही प्रतिशत छायांकन गरिएको यसमा नेपाल तर्फ नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, दिक्पाल कार्की, उत्तम केसी विशेष भूमिकामा छन् ।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् । पिआरमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम