४० वटा चलचित्र घरमा ऊनको स्वीटरको ५१ औँ दिन

काठमाडौं । २०८२ को नयाँ वर्ष पछि देखि गत सातासम्म आधा दर्जन नेपाली चलचित्र रिलिज भइसकेका छन् । यी चलचित्र मध्य नेपाली चलचित्र ’ऊनको स्वीटर’ले मात्र ब्यबसायिक सफलता हासिल गरेको छ । यो चलचित्रले रिलिज भएको सात हप्तामा नेपालको बक्स अफिसबाट ११ करोड ७९ हजार रुपैयाँको व्यापार गरेको रिपोर्ट शुक्रबार बक्स अफिसले सार्वजनिक गरेको छ ।

यसै बिच चलचित्र ऊनको स्वीटरले आफ्नो सफल प्रदर्शनीको शनिवार ५१ औँ दिन पुरा गरेको छ । आफ्नो चलचित्रले देशभरका ४० वटा चलचित्र घरहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन मनाएको यसका निर्देशक नवीन चौहानले जानकारी गराए ।

सोही अवसरमा शनिवार साँझ काठमाडौँमा निर्माण टिमले यो चलचित्रको ५१ औँ दिनको विशेष कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा यसका कलाकार एवम् प्राविधिकहरूलाई कदर पत्र प्रदान गर्दै सफलताको खुसी साटियो ।

कार्यक्रममा निर्देशक नवीनले भने,‘विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर संगीतको कारण हाम्रो चलचित्र दर्शकहरूमाझ लोकप्रिय बनेको हो । यस चलचित्रले पाएको मायाले आगामी दिनमा मलाई अझ राम्रो काम गर्न प्रेरित गरेको छ ।’

आर्टमान्डूले निर्माण गरेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यसका चलचित्रमा सुजन चापागाईँ र झुमा लिम्बुका गीत संगीत छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

सानदार जितसँगै फाइनलमा मच्छिन्द्र